अर्थमन्त्री रावलका पुर्व स्वकिय सचिव सुनारसहित समाजवादीका नेताहरु एमालेमा प्रवेश

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकास रावलका पुर्व स्वकिय सचिव रविन्द्र सुनारसहित नेकपा एकिकृत समाजवादीका नेताहरु एमाललेमा प्रवेश गरेका गरेका छन् । अर्थमन्त्री रावल यस अघि राज्यमन्त्री हुदाँ रविन्द्र सुनार स्वकीय सचिवको रुपमा कार्यरत थिए ।


समाजवादीका जिल्ला कमिटि सदस्य समेत रहेका पुर्व स्वकिय सचिवसहित जिल्ला कमिटि सचिवालय सदस्य पदमराज भट्ट, जिल्ला कमिटि सदस्य जयन्ती खड्का र नगर कमिटि सदस्य भान बहादुर खड्का एमाले प्रवेश गरेका हुन् ।

उनिहरुलाई नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्ट सह–ईन्चार्ज राजेन्द्र सिंह रावल लगायतका एमाले नेताहरुले स्वागत गरे । एमाले प्रवेश गरेका समाजवादी नेताहरुले स्थानीय निर्वाचनमा पार्टीलाई जिताउन खटिने प्रतिवद्धता जनाएका छन् ।
समाजवादीमा आन्तरिक असन्तुष्टी बढ्दै गएपछि नेता कार्यकर्ताहरुले पार्टी परित्याग गदैँ आएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्