एमाले केन्द्रीय सचिव भट्टले गरे भीमदत्तमा घरदैलो कार्यक्रम

महेन्द्रनगर । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्टले कञ्चनपुरमा घरदैलो कार्यक्रममा सहभागी भएका छन् । आईतबार भीमदत्त नगरपालिकाको वडा नम्बर ४ महेन्द्रनगरमा एमाले नेता भट्ट घरदैलो अभियानमा सहभागी भएका हुन् । ईन्चार्ज भट्ट भीमदत्तका मेयरका उम्मेदवार महेश प्रशाद पन्त, उप–मेयर पदकी उम्मेदवार भुवन कुवँरसहित घरदैलो कार्यक्रममा सहभागी भएका थिए ।
नेपाली काग्रेस बलियो मानिएको यस वडामा एमालेले यस पटक अध्यक्ष जित्ने रणनिति बनाएको छ । ईन्चार्ज भट्टले पार्टीलाई जिताउन सबै नेता कार्यकर्ता एकजुट भएर लाग्न अपील गरेका छन् । उनले एमालेमा जन लहर बढ्दै गएको बताउँदै पार्टी नेतृत्वको सरकारले गरेका जनपक्षीत कामलाई जनतामाझ लागेर जान कार्यकर्तालाई निर्देशन समेत दिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्