‘निर्मला पन्तको हत्यारा नै देखेका छौँ भन्ने कता हराए, अचेल किन बोल्दैँन्’: अध्यक्ष विष्ट

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा तत्काल पत्ता लगाउन माग गरेका छन् । आईतबार स्थानीय निर्वाचनको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष विष्टले गठबन्धन सरकारसँग यस्तो माग गरेका हुन् ।
तत्कालिन केपी ओली नेतृत्वको सरकार सत्तामा हुदाँ सरकारले नै हत्यारा लुकाएको भन्नेहरु सत्ता परिर्वतन हुदाँ चुप लगेको अध्यक्ष विष्टको आरोप छ । ‘निर्मला पन्तको बलात्कारपछि हत्या भयो, हाम्रो पार्टी नेतृत्वको सरकारलाई हत्यारा लुकाएको आरोप समेत लगाईयो ।’ अध्यक्ष विष्टले भने सरकार उनिहरुकै छ, हत्यारा समेत देखेका छौँ भन्नेहरु अहिले कता हराए किन बोल्दैँनन्’ उनले प्रश्न गरे ।
साथै उनले आन्दोलनको नाममा जघन्य अपराधको प्रहरी अनुसन्धानलाई समेत प्रभावित गरेको बताए । गठबन्धन सरकारलाई अनुसन्धान अघि बढाएर हत्यारा पत्ता लगाउन समेत एमालेले माग गरेको छ ।
घटना हुदाँ नेपाली कांग्रेस लगायत केही अभियान्ताले आन्दोलन चर्काएका थिए । २०७५ साउनमा साथिको घरमा पढ्न गईकी १३ वर्षीय बालिकाको पन्तको बलात्कारपछि हत्या गरिएको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्