एमाले नेताहरु उम्मेदवारसहित खल्ला– मेसेट्टी पुग्दा स्थानीयले गरे भव्य स्वागत

महेन्द्रनगर । आईतबार दिउँसो २ बजेतिर नेकपा एमाले कञ्चनपुरका नेताहरु उम्मेदवारसहित भीमदत्त–९ स्थित सेल्फी डाँडा पुगे । प्राय नेताहरु घरदैलो पुग्दा बेवास्था गर्ने स्थानीय एमाले नेता र उम्मेदवार त्यहाँ पुग्दा भने फरक दृश्य देखियो ।
नेकपा एमालेका नेताहरु भीमदत्त नगरपालिकाका मेयर र उप–मेयर उम्मेदवारसहित त्यहाँ पुग्दा स्थानीयले बाँजागाजा सहित स्वागत थिए । स्थानीय सरकारको नेतृत्व अघि दुर्गम मानिने खल्ला, मेसेठ्ठी अहिले सुगम बनेको छ । सडक, विद्युत र सञ्चारबाट बञ्चित रहेका स्थानीयको अहिले जनजिवन सहज भएको छ ।


एमाले नेतृत्वको स्थानीय सरकार गठनपछि भीमदत्त नगरपालिकाको खल्ला, मेसेठ्ठी क्षेत्र विकासको पुर्वाधारसँग जोडिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख समेत रहेको एमाले अध्यक्ष सुरेन्द्र विष्ट, पार्टी ईन्चार्ज निरुदेवि पाल, संघिय सांसद डा. दिपक प्रकास भट्ट मेयरका प्रत्यासि महेश प्रशाद पन्त र उप मेयरका प्रत्यासि भुवन कुवँर केसी, वडाध्यक्ष पदका उम्मेदवार ज्ञान बहादुर कार्की आईतबार चुनावि घरदैलो कार्यक्रम अन्तरगत खल्ला, मेसेठ्ठी पुगेका थिए । एमाले नेता र उम्मेदवार त्यहाँ पुग्दा स्थानीयले स्वागत गरेका हुन् ।


स्थानीयले एमाले नेतृत्वको सरकार आएपछि विकास भएको र जनजिविका सहज भएको भन्दैँ नेताहरुको स्वागत गरेको बताएका छन् ।


स्थानीय हिम्मत प्वालीले २०७४ सालको निर्वाचनपछि खल्ला, मेसेठ्ठी क्षेत्रको विकास भएको बताए । उनका अनुसार स्थानीय सरकारको नेतृत्व अघि सडक, विद्युत, सञ्चार र स्वास्थ्य सेवा नभए त्यस क्षेत्रमा अहिले सबै पुर्वाधार निर्माण भएका छन् । साथै विकासप्रेमी नेतालाई आफुहरुले सहयोग गर्ने स्थानीयको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्