एमाले उम्मेदवारका लागि भोट माग्दैँ भीमदत्तका मजदुर

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले अन्तरराष्ट्रिय श्रमिक दिवस मनाएको छ । मजुदर संगठनको अगुवाईमा ‘मे एक’ का दिन मनाईने अन्तरराष्ट्रिय श्रमिक दिवस एमालेले महेन्द्रनगर बजारमा ¥यालिसहित मनाएको हो । एमालेले भीमदत्त–४ मा मजदुर दिवससँगै घरदैलो कार्यक्रम पनि गरेको थियो दिवसको अवसरमा भीमदत्त नगरपालिकाका मजदुरहरुले एमाले उम्मेदवारहरुको पक्षमा भोट मागेका थिए ।
मजदुर संगठन कञ्चनपुरका अध्यक्ष खडक रोका मगरले पार्टी घरदैलो कार्यक्रमसहित मजदुर दिवस मनाएको छ । उनका अनुसार शुभकामना आदानप्रदानसहित वडा नम्बर ४ मा घरदैलो कार्यक्रम गरेर दिवस मनाईएको हो । करिब दुई सय ५० बढी मजुदुर सहभागी रहेको उक्त ¥यालीमा एमाले उम्मेदवारको पक्षमा मत दिन आह्वान गरिएको थियो ।

¥यालीमा सहभागी मजदुरले आफुहरुलाई सहयोग गर्ने नेतालाई भोट दिने बताएका छन् । ¥याली सालघाडीका भुमीहिन सुकुमबाँसी र स्थानीय मजदुरसहित पोलिट्व्युरो सदस्य तथा कञ्चनपुर ईन्चार्ज निरुदेवि पाल, केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी खरेल, पार्टी अध्यक्ष सुरेन्द्र विष्ट, मेयरका प्रत्यासि महेश प्रशाद पन्त, उप मेयरका प्रत्यासि भुवन कुवँर लगायतका नेताहरु सहभागी थिए ।
स्थानीय मजुदुरले रोजगारीको सुनिश्चता हुने पर्ने र भुमिहिन सुकुमबासीको समस्या समाधान हुनु पर्ने माग राखेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्