टिप्परको ठक्करबाट कैलालीमा एक वृद्धा घाइते

धनगढी । टिप्परको ठक्करबाट कैलालीमा एक वृद्धा घाइते भएकी छिन्। सोमबार बिहान जिल्लाको बर्दगोरिया गाउँपालिका–४ मुडा बजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश ७ ०१–००१ ख २९९७ नम्बरको टिप्परले पैदलयात्री बर्दगोरिया–१ की ७० वर्षीया रिउचा सञ्ज्याल घाइते भएकी प्रहरीले बताएको छ।
उनलाई बर्दगोरिया अस्पतालमा सामान्य उपचारपछि कोहलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। टिप्पर चालक बर्दगोरिया–२ का ३६ वर्षीय रामकृष्ण गिरीलाई नियन्त्रणमा लिइएको उनले बताए।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्