जसले राजाको निरंकुसता विरुद्ध लड्दा जेल जीवन भोगेः नमुना बेलडाँडी बनाउन अघि बढे

एमाले युवा नेता विष्ट चुनावी मैदानमा, बेलडाँडीलाई नमुना पालिका बनाउने अठोट

महेन्द्रनगर । २०५८ मा राजा ज्ञानेन्द्रले कु गर्दै सत्ता हातमा लिएर संकटकाल घोषणा ग¥यो । राजनीतिक दलका नेताहरुलाई नजरबन्दमा राख्न थालियो । सेनाको गतिविधिहरु बढन थाले । सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरु समेत त्रसित हुन थालेका थिए । सोही समयमा अनेरास्ववियुले चर्को रुपमा राजाको निरंकुसता विरुद्ध आन्दोलन ग-यो ।

त्यहि आन्दोलनका एक योद्धा हुन् अक्कल विष्ट । राजाको कु विरुद्धको आन्दोलन प्रहरी हिरासतदेखि र जनआन्दोलनमा जेल जीवन भोगेको विष्ट अहिले चुनावी मैदानमा होमिएका छन् ।स्थानीय निर्वाचनका लागि कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको अध्यक्ष पदका प्रबल दावेदारको रुपमा देखिएका छन् । नेकपा एमालेकोतर्फबाट विष्ट अध्यक्ष पदका उम्मेदवार बनेका हुन् ।

कञ्चनपुरको युवा र विद्यार्थीमाझ राम्रो छवि बनाएका एमाले युवा नेता विष्ट कक्षा ६ मा पढ्दा नै २०४६ सालको जनआन्दोलनमा सहभागी भएका थिए । त्यहि आन्दोलनको भुमरिले नै उनलाई राजनितिमा आकृर्षित ग¥यो । २०५० सालमा क्याम्पस एकाई कमिटि सदस्य बनेका विष्ट २०५६ सालमा नेकपा एमालेको संगठित सदस्यता लिए । २०५७ सालमा तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय संघ कञ्चनपुरको सह–सचिवको जिम्मेवारी समालेका विष्टले ०६१ मा पुग्दा सोही संघको अञ्चल किमिट सदस्यको रुपमा काम गर्ने अवसर पाए ।

कञ्चनपुरको दक्षिणी क्षेत्रबाट राजनिती सुरु गरेका विष्ट ०६२\६३ को आन्दोलनमा एक महिना जेल जिवन समेत बिताए । आन्दोलनकै क्रममा उनि लगायत केही कांग्रेस नेताहरुलाई जेल हालिएको थियो । अदालतको आदेशपछि जेलमुक्त भएको विष्ट पुर्णकालिन रुपमा राजनितिमा समर्पित छन् ।

२०७१ सालको बुटबल भेलाबाट युवा संघको केन्द्रीय लेखा आयोगको सदस्य बनेका विष्ट त्यसयता कञ्चनपुर जिल्ला कमिटि सदस्यको रुपमा काम गरिरहेको छन् । राजनितिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेको नेता विष्टले यस पटक पालिकाको नेतृत्व हाक्ने दौडमा छन् । विकासबाट पछाडी पारिएको बेलडाँडीको मुहार फेर्ने योजना रहेको अध्यक्षका प्रत्यासि विष्टले बताए । उनले जनतामाफ लोकप्रिर्य र विकासप्रेमी पार्टी एमाले भएको भन्दैँ आफुले चुनाव जित्ने दावि गरे ।

चुनावि घरदैलो कार्यक्रम व्यत्त रहेका विष्टले पालिकाका सबै वडासहित एमालेले जित्ने दावि गरे । ‘पार्टीका सबै साथिहरु संगठीत भएर घरदैलो कार्यक्रममै व्यस्त छौँ ।’ अध्यक्षका प्रत्यासी विष्टले भने ‘यस पटक फेरी एमालेले बेलडाँडी पालिकोको नेतृत्व लिने निश्चत छ, हाम्रो सरकारले गरेका पुराना कामको निरन्तरतासहित नमुना पालिका बनाउने योजनाका साथ जनतामाझ आएको छु ।’ अघिल्लो निर्वाचनमा पनि एमालेले बेलडाँडीमा अध्यक्ष जितेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्