एमाले उम्मेदवारको रिर्पोटिङः ‘जनमत हाम्रो पक्षमा छ, विपक्षीले आर्थिक चलखेल गर्दैछन’

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले नेता र उम्मेदवारबाट स्थानीय निर्वाचनबारे रिर्पोटिङ लिएको छ । सोमबार साँझ नगर प्रमुख, उप–प्रमुख र वडाध्यक्षका प्रत्यासीसहित वडास्तरीय नेताहरुलाई पार्टी कार्यालय बोलाएर रिर्पोटिङ लिईएको हो । पार्टी अध्यक्ष विष्टले पहिलो चरणमा घरदैलो अभियान सकेपछि नेता र उम्मेदवारहरुबाट निर्वाचनको स्थलगत रिर्पोटिङ लिएका हुन् ।
जिल्लाका ईन्चार्ज र सह–ईन्चार्जसहितको बैठकमा वडाका नेता र उम्मेदवारले पछिल्लो चुनावि महोलबारे जानकारी गराएका थिए । उनिहरुले जनमत पार्टीको पक्षमा रहेको र चुनावी प्रतिस्पर्धा सत्ता घटक कांग्रेस सँगै मात्रै रहेका बताएका छन् ।
भीमदत्त–१४ की वडाध्यक्षकी उम्मेदवार सितादेवि सिंहले वडाको जनमत एमालेको पक्षमा रहेको बताईन् । उनले कांग्रेससँग मात्रै प्रतिस्पर्धा रहे पनि एमालेले सम्पुर्ण सदस्य सहित वडा जित्ने र नगर नेतृत्वमा पनि लिड गर्ने बताईन् ।

नेकपा एमालेका नगर अध्यक्ष हिमाल बहादुर चन्दले पहिलो चरणमा घरदैलोपछि नेता र उम्मेदवारबाट रिर्पोटिङ लिईएको बताए । उनले पार्टीप्रति उत्साहजनक जन समर्थन रहेको समेत बताए ।
बैठकमा उम्मेदवारहरुले आर्थिक अवस्था कमजोर भएकोले चुनावि प्रचारप्रसार समस्या भएको समेत गुनासो पोखेका छन् ।
‘बहुमत वडासहित नगरमा एमाले नेतृत्वको सरकार दोहो¥याउछौँ ।’ नगर अध्यक्ष चन्दले भने ‘जनमत हाम्रो पक्षमा छ तर विपक्षी उम्मेदवारहरुले भोट माग्न आर्थिक चलखेल समेत गरिरहेको साथिहरुबाट रिर्पोटिङ भएको छ, यस्ता कुरो रोक्न निर्वाचन आयोगलाई पार्टी ध्यानार्कषण गराउन पनि चाहान्छ ।’
त्यस्तै एमाले अध्यक्ष सुरेन्द्र विष्टले नेता जिम्मेदवार र उम्मेदवार सक्रिय भएर चुवानी अभियानमा खाटिन निर्देशन दिए । साथै आवश्यकता अनुसार पार्टीले सबै क्षेत्रमा केन्द्रीय र प्रदेश नेताहरुलाई परिचालन गर्ने उनले बताए । कञ्चनपुर ईन्चार्ज निरुदेवी पालले यस पटक पार्टीलाई हार्ने छुट नभएको बताईन् । उनले पार्टीको पक्षमा जनमत रहेकाले सबैले जित्ने र जिताउने गरि पारिचालित हुन निर्देशन समेत गरिन् । एमालेले खडा गरेको विकासको जगमा पुनः उभिएर सुखि नेपाली समृद्ध नेपालको सपना पुरा गनुपर्ने उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्