महेन्द्रनगर घटनाः मृतक युवकका साथी प्रहरी नियन्त्रणमा

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित होटल ‘नाइन इलेभन’मा बुधबार बिहान एक युवक मृत फेला परेको छन् । भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठाभित्र मृत भेटिएका हुन् । उनी मृत भेटिएपछि प्रहरीले अनुसन्धान थालेको छ । घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीका अनुसार प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको छ। अहिलेसम्म मृतक मुकुल बसेको ४०३ नम्बरको कोठामा ४\५ वटा सिरिन्ज र बेडमा कण्डम भेटिएको उनले बताए ।
यस्तै मृतक मुकुल पढाइका लागि विदेश जाने तयारीमा रहेको पनि खुलेको छ। यही वैशाख २२ गते जापान उड्ने तयारीमा रहेका उनी त्यसअघि साथीहरुलाई पार्टी दिन होटलमा गएको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए। उनका अनुसार मृतक मुकुल र उनका साथी आशिष चन्द त्यही होटलमा बसेका थिए। घटनाको अनुसन्धानका लागि प्रहरीले आशिषलाई नियन्त्रणमा लिइएको छ।

चन्द राति मुकुलसँगै कोठामा सुतेको बताइएको छ। तर, अहिलेसम्म घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ। अहिले घटनास्थलमा कञ्चनपुरका प्रहरी प्रमुख (एसपी) श्यामप्रसाद चौधरी आफै पुगेर अनुसन्धान गरिरहेका छन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्