भीमदत्तमा माओवादी र समाजवादीका कार्यकर्ताबाट एमाले कार्यकर्ता कुटिए

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा एमाले कार्यकर्ता कुटिएका छन् । स्थानीय निर्वाचनको प्रचारमा रहेका एमाले कार्यकर्तालाई नेकपा माओवादी र नेकपा एकिकृत समाजवादीका कार्यकर्ताले कुटपिट गरेका हुन् ।
कुटपिटबाट एमाले कार्यकर्ता राजेन्द्र अवस्थी, अञ्जु कार्की घाईते भएका छन् । कुटपिटबाट गम्भीर घाईते भएकी कार्कीलाई थप उपचारका लागि धनगढी पठाउने तयारी भईरहेको छ ।
त्रिवेणी धाम टोलस्थित माओवादी र समाजवादीको संयुक्त ¥यालीमा सहभागी भएको कार्यकर्ताले माईकसहित अटोमा गईरहेको बेला आफुहरुमाथि आक्रमण भएको घाईते राजेन्द्र अवस्थीले बताए । उनले गठबन्धनको ¥यालीसँग जम्का भेट भएको र एमालेको गित बन्द गराउदै कुटपिट गरेको बताए । ‘उनिहरुको ¥याली त्यहीबाट बाटो आईरहेको रहेछ, हामी अटोमा पार्टीको गित बजाउँदै गईरहेका थियौँ ।’ घाईते अवस्थीले भने सुरुमा गित बन्द गर भने, हामीले गित बन्द ग¥यौ, त्यसपछि हामी माथि कुटपिट सुरु भयोे ।’
नेकपा एमाले कञ्चनपुरले कार्यकर्ता माथि भएको कुटपिटमाथि निन्दा जनाएको छ । पार्टी उप–सचिव कर्ण बहादुर चन्दले पार्टी कार्यकर्तामाथि अमानविय घटना भएका बताउँदै दोसिलाई पक्राउ गरि कार्वाहिको माग गरे ।
कुटपिटमा रघुविर विष्ट, अशोक चन्द लगायत गठबन्धनका कार्यकता संलग्न रहेको उनले बताए । साथै घटनाबारे एमालेले प्रहरी खबर गरिसकेको उनको भनाई छ ।
कञ्चनपुर प्रहरीले भने दुवै दलका कार्यकर्ताबिच सामान्य विवाद भएको बताएको छ । कञ्चनपुर प्रहरी प्रवत्ता चक्र बहादुर शाहले दुई पक्ष बिच विवाद भएकाले छलफलका लागि बोलाईएको बताए । घाईतेको टाउको र छातिमा चोट लागेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्