कर्मचारीको अवमुल्यन हुने गरि चुनावमा खटनपटन गरिकोमा कर्मचारी संगठनको ध्यानार्कषण

महेन्द्रनगर । नेकपा एमाले निकट निजामती कर्मचारी संगठन कञ्चनपुरले स्थानीय तह निर्वाचनमा कर्मचारी खटनपटनमा असन्तुष्टि व्यक्त गरेको छ ।
स्थानीय निर्वाचनमा कर्मचारीको अवमुल्यन हुने गरि खटनपटन गरेकामा संगठनले मुख्य निर्वाचन अधिकृत कार्यालयको ध्यानाकर्षण गरेको छ ।
संगठनका जिल्ला अध्यक्ष मान बहादुर चन्दले शुक्रबार विज्ञप्ति प्रकाशित गरी कर्मचारी खटनपटनमा विभेद गरिएको गुनासो सहित मुख्य निर्वाचन अधिकृत कार्यालयको ध्यानाकर्षण गराएका छन् ।
विज्ञप्तिमा निर्वाचनमा कर्मचारी खटाउन यहि बैशाख २१ र २२ गते मुख्य अधिकृतको कार्यालयले संशोधित सुचीमा उल्लेख भए अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको अवमुल्यन, संघिय तथा प्रादेशिक कार्यालयहरुलाई प्राथमिकता, जानकारी विना संशोधित लिष्टमा कर्मचारीहरुको नामावली हेरफेर र पालिकाका कर्मचारीहरुलाई टाढा-टाढाका मतदान केन्द्रहरुमा खटाईएको विषयमा निजामती कर्मचारी संगठन कञ्चनपुरले आपत्ती जनाउदै संगठनको ध्यानाकर्षण भएको उल्लेख छ।

संगठनले ध्यानाकर्षण पत्र बुझाउँदै विभेद रहित ढङ्गबाट खटनपटन गर्न मुख्य निर्वाचन अधिकृत कार्यालयसित माग माग समेत गरेको छ । साथै संगठनले निर्वाचन, स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउने दायित्वप्रति सचेत रहेको बताएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्