वेदकोटलाई नमुना नगर बनाउने सुशिलाको अठोट

महेन्द्रनगर । जिल्ला सदरमुकाम संगै जोडिएको बेदकोट नगरपालिकामा चुनावको रौनक दिनप्रतिदिन बढदोछ । जिल्लाकै महत्वपुर्ण नगरपालिकाका रुपमा रहेका यहाँ पनि स्थानीय तहको निर्वाचनको रौनकता बढेको छ । उम्मेदवारहरु घरदैलौदेखि विभिन्न किसिमका सभाहरुमा व्यस्त छन् ।
यस्तै किसिमको घरदैलो र चुनावी सभामा एमालेबाट प्रमुखकी उम्मेदवार सुशिला सिंह पनि छिन् । ५ वर्ष उपप्रमुख भएर नगरपालिका हाकेकी सिंह बेदकोटमा मुख्य दलबाट प्रमुखकको उम्मेदवारी पाउने एक्ली हुन् । एमालले बेदकोटमा प्रमुख मात्रै होइन उपप्रमुखमा समेत महिला नै उठाएको छ ।
४५ वर्षीया सिंह हकी र निडर स्वभावकी छिन् । यहि स्वभावका कारण उनले ५ वर्षे कार्यकाल सफलतापुर्वक पुरा गरिन् । त्यति मात्रै होइन आफु संयोजक रहेका विभिन्न समितिहरुको काम समेत उत्कृष्ट ढंगले परा गरेकी छिन् । न्यायिक समितिकी संयोजक समेत रहेकी उनले ५ वर्षे कार्यकालमा १६५ वटा मुद्दा मेलमिलापका माध्यमबाट टुंग्याइन् । सबैले विन विनको अवस्था सृजना भएको सिंह बताउछिन् ।
पार्टीमा लामो समयदेखि सक्रिय भएकै कारण उनले उपमेयरको टिकट पाइन् । पार्टी विभाजनका बेला पनि उनी संगठन निर्माणमा दरो रुपमा लागेकै कारण प्रमुखको टिकट पाएकी हुन् । उनी एमालेको बेदकोट नगरपालिका इन्चार्ज समेत हुन् । ‘महिला इन्चार्ज थोरै छन्, सुरुमा मलाइ पनि चलाउन सक्दनै भन्थे,’ उनले भनिन्, ‘तर मैले अरुले भन्दा राम्ररी चलाउन सके, वडादेखि पालिकासम्म सबैलाई एकढिक्का बनाएर हिडाउन सफल भएकी छु ।’
२०५४ मा श्रीमान साविकको सुडा गाविसमा वडाध्यक्षमा चुनाव लडदा सिंह पनि राजनीतिमा सक्रिय भएकी हुन् । पार्टीका टोल, वडा र पालिका हुदै जिल्ला कमिटि सदस्य भएकी छिन् । अखिल नेपाल महिला संघमा पनि विभिन्न तहमा बसिन् । सामाजिक क्षेत्रमा पनि कृषि महिला समुह, मानव अधिकार रक्षक सञ्जाल, मानव बेचविखन विरुद्धको गाउ स्तरी सञ्जालकी संयोजक, मेलमिलाप सहजकर्ता हुदै विभिन्न सहकारीमा समेत उनले नेतृतव गरेकी छिन् ।
सामाजिक क्षेत्रमा गरेको काम र ५ वर्ष उपप्रमुख हुदा देखाएको निश्पक्षताले नै आफु प्रमुखमा जित्ने उनको दावी छ । उनले नगरपालिकामा चक्रपथ निर्माण, नगर बस सञ्चालन, कृषि उपज संकलन तथा बिक्री केन्द्र, एक वडा एक उत्पादन, फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण, गरीब तथा विपन्न वालवालिकालाई निशुल्क शिक्षा, महिलालाई स्वरोजगार बनाउने लगायतका कार्यक्रम अघि सारेकी छिन् ।
‘मेरै पहलमा शिशु स्वागत कार्यक्रम, नगरपालिकामा फनपार्क, जीम हाउस, कोल्ड स्टोर र महिला तथा वालवालिकाका लागि सेफ हाउस मैरै पहलमा निर्माण भएको हो,’ उनले भनिन्, ‘जनप्रतिनिधि आएपछि एक वर्षसम्म महिला लक्षित कार्यक्रम केही थिएनन्, मैले नै यसमा चासो दिएर विभिन्न कार्यक्रम ल्याए ।’
नगर प्रमुखमा निर्वाचित भएपछि महिलाले पनि काम गर्न सक्छन भन्ने नमुना देखाउने उनको अठोट छ । ठुला राजनीतिक दलहरुले सुरुमा महिलालाई टिकट नै दिदैनन् । दिएपनि उपप्रमुखमै सीमित राख्ने गरेका छन् । पहिलो पटक बेदकोटले महिला प्रमुख पाउने सम्भावना रहेका कारण सबैको साथ र सहयोग पाउने उनको आसा छ । प्रमुख मात्रै होइन उपप्रमुखमा समेत एमालले महिला नै उम्मेदवार उठाएको छ । प्रमुख उपप्रमुख मिलेर नगरको समतामुलक विकासमा दत्तचित्त भइ लाग्ने उनीहरु बताउछन् ।
विगतमा पनि महिला, वालवालिका र अपांगता भएका नागरिकका लागि विभिन्न कार्यक्रम ल्याएको उनले बताइन् । महिलाका लागि आय आर्जनका तालिमहरु सञ्चालन भएका छन् । यसैगरि अपांगता भएका व्यक्तिहरुलाई आवश्यकता अनुसार व्ह्ील चियरदेखि अन्य सामग्रीहरु वितरण गरिएको उनले बताइन् । यसैगरि गरीब विपन्न समुदायका व्यक्तिहरुलाई स्वरोजगार बनाउन ठेला समेत वितरण गरिएको उनले बताइन् ।
अघिल्लो निर्वाचनमा आफु प्रमुखको भन्दा बढी मतका साथ विजयी भएकाले यसपटक पनि जनताले विश्वास गर्ने उनको आसा छ । त्यहि आसाका कारण उनी बिहानदेखि साँझ अबेरसम्म जनताकै घरदैलोमा भेटिन्छिन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्