वेदकोटमा किसान र महिलाका लागि वर्षौ काम गरेकी पार्वतीः उप मेयरकी बलियो दावेदार

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा किसान र महिलाका क्षेत्रमा लामो समय काम गरेकी समाजसेवी हुन् पार्वती भट्ट जोशी । करिब दुई दशक देखि कृषीमा प्राविधिक सहयोग देखि महिला स्वयम् सेविकाको रुपमा काम गर्दै आईरहेकी जोशीको स्थानीय किसान र महिलासँग प्रगाढ सम्बन्ध छ ।
तिनै जोशीलाई नेकपा एमालेले वेदकोट नगरपालिकाका उप–मेयरको उम्मेदवार बनाएको छ । एमालेको आठौं जिल्ला अधिवेशनमा जिल्ला सदस्य जितेकी उनी एमालेमा दुई दशकदेखि सक्रिय छिन् ।
कृषि जेटिए पढेकी उनी आइपीएम कृषि पाठशालाबाट किसानसँग बलियो सम्बन्ध बनाएकी छन् । ‘राजनीतिमा सानैदेखि लागे, महिला स्वास्थ्य स्वयम् सेविका पनि हुँ, अहिले राजीनामा दिएकी छु’ उनी भन्छिन्,‘त्यस बाहेक म किसान हकहितका लागि सक्रिय छु, मलाई किसानकै नेता भन्दा पनि हुन्छ ।’ २०५६ सालबाट राजनीतिमा सक्रिय जोशी वडा कमिटि सदस्य हुदैँ २०५८ मा एमाले नगर कमिटि सदस्य बनेकी थिईन् । २०६४ मा अखिल नेपाल महिला संघ अध्यक्ष रहेकी जोशी नौ वर्षदेखि पार्टीको क्षेत्रीय कमिटिमा पनि सक्रिय छिन् ।
२०७४ सालमा महिला किसान संघ सुदूरपश्चिमको सदस्य बनेकी जोशी आईपीएम कृषि सहजकर्ता सञ्जाल सुदूरपश्चिम प्रदेश सचिव समेत हुन् । आईपीएम कृषि सहजकर्ताको रुपमा कृषि समुह गठन, प्राविधिक परामर्श दिनेदेखि किसानका मुद्धा उठाउदैँ आएकी छिन् । किसानसँग नजिकबाट काम गरेकी उनलाई स्थानीय निर्वाचनमा किसान मतदाताबाट ठुलो सहयोग पाउने अपेक्षमा गरिएको छ ।
त्यस्तै २०५६ सालबाट वेदकोटमा महिला स्वयम सेविकाको रुपमा काम गदैँ आईरहेकी जोशी राजिनामा दिएर चुनावमा होमिएकी हुन् । महिला स्वयम सेविका रुपमा काम गर्दा स्थानीय महिलालाई ठुलो सहयोग गरेकी छिन् । ‘महिला स्वयम सेविका, महिला सञ्जाल, कृषि सहकर्ताको रुपमा रहेर यहाँका महिला दिदिबहिनि, किसान दाजुभाईका लागि काम गर्ने अवसर पाए ।’ उप मेयरकी प्रत्यासि जोशीले भनिन् ‘जनतालाई मुल सेवा प्रवाह गर्ने निकायमध्ये स्थानीय सरकार पनि हो, हिजो समाजमा बसेर समस्या उठान र पैरवी गरे, अब तिनको समाधानका लागि निर्णायक तहमा पुगेर काम गर्ने ईच्छा छ ।’
तत्कालिन सुडा गाविस सञ्जालको अध्यक्ष समेत बनेकी जोशीसँग महिला तथा बालबालिकाको क्षेत्रमा काम गरेको राम्रो अनुभव छ । उनी ०५७ देखि सामुदायिक शान्ती निर्माणता तथा सामाजिक मेलमिलाप कर्ता रुपमा पनि काम गदैँ आएकी छिन् ।
सामुदायिक अध्ययन केन्द्रमा पनि काम गरेकी जोशीको वेदकोटलाई साक्षर बनाउनमा पनि ठुलो भुमिका छ । अध्ययन केन्द्रमार्फत उनले वेदकोटमा दर्जन बढी समुहमा प्रौढ शिक्षा कार्यक्रम सञ्चालन गरेकी थिईन् । उनले ४० बढी कृषि तथा आमा समुह गठन गरि सामाजिक रुपान्तरणमा मद्दत पु¥याएकी छिन् ।
जीवनको दुई दशक समाजका लागि खर्चिएकी जोशी मनकारी पनि छिन् । २०६० तिर बाढी आउँदा जोशी आफै एैलानी जमिनमा बस्थीन् । बाढीले छिकेकीको घर बगाउँदा उनले आफ्नै एैलानी जमिनमा आश्रय दिएकी थिईन् । दातृ निकायबाट आर्थिक सहयोग जुटाएर सहयोग समेत गरेकी थिईन् ।
कयौदिन खुला आकासमुनी समेत बिताएकी जोशी २०३८ मा बैतडीको शिगासमा जन्मिएकी हुन् । नगरको विकास र समृद्धीका लागि काम गर्न उनले आफ्नो उम्मेदवार रहेको बताउँछिन् । जनताका समस्यासँग नजिकबाट परिचित जोशी त्यसैको समाधानका लागिे नेतृत्वमा आफ्ना दावि गर्छिन् ।
समाजका गलत संस्कृतिक परम्परा र अन्धविश्वास विरुद्ध सचेतना कार्यक्रम लागू गर्ने, आदिवासी जनजाति सहित सबै समुदायका संस्कृति संरक्षण गर्ने, वेदकोटलाई हिंसामुक्त बनाउने एजेण्डा उनको प्राथमिकता परेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्