धनगढीमा किशोर किशोरी मृत फेला

धनगढी । धनगढीमा किशोर किशोरी मृत फेला परेका छन्। प्रहरीका अनुसार शनिबार धनगढी उपमहानगरपालिका–१० का दुई जना किशोर किशोरी मृत फेला परेका हुन्।
१७ वर्षीय अनुप राना र १६ वर्षीया आकृती राना रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुले एउटै दुपट्टाले सँगै पासो लगाएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। घटनाबारे विस्तृत रुपमा जानकारी आउन बाँकी रहेको उनले बताए।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्