गठबन्धनको खिलाफमा लागे सह्य हुन्न: देउवा

जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको विरुद्धमा नलाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । जनकपुरधाममा शनिबार आयोजित कार्यक्रममा उनले गठबन्धनको खिलापमा लागे सह्य नहुने चेतावनी दिए ।
उनले भने, ‘कुनै पनि हालतमा गठबन्धनको खिलाफमा लाग्नुहुन्न, त्यो सह्य हुँदैन ।’
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् । कांग्रेसका सभापतिसमेत रहेका देउवाले गठबन्धनको पक्षमा माहोल बनेको भन्दै पार्टीका कार्यकर्तालाई प्रतिवद्धताका साथ लाग्न आग्रह गरे ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्