बैतडीमा चुनाव प्रचारमा गएको भन्दै म्यादी प्रहरीले कुटे श्रीमती


बैतडी । बैतडीमा म्यादी प्रहरीले चुनाव प्रचारमा गएको भन्दै श्रीमतीमाथी निर्घाट कुटपिट गरेका छन् ।
दशरथचन्द नगरपालिका– ८ की २९ वर्षीया धाना महरलाई उनका पति ३० वर्षीय जय महरले चुनाव प्रचार प्रसारमा गएको भन्दै कुटपीट गरेका हुन् ।
नेकपा एमालेबाट वडा नं। ८ को सदस्य पदका लागि उम्मेदवारी दिएकी गाउँले सासु नाता पर्ने सीमा महरको प्रचारमा गएको भन्दै महरले श्रीमतीलाई कुटपीट गरेका हुन् ।
पतिको कुटाईबाट घाईते भएकी धना महरलाई जिल्ला अस्पताल बैतडीमा भर्ना गरिएको छ । तीन छोरीसहित उनी अहिले अस्तालमा छिन् ।

‘वैशाख २३ गते शुक्रवार मदिरा सेवन गरी कुटपिट गरी भित्र पस्नै दिएनन्, गाउँलेको सहयोगपछि बल्ल भित्र पसेर भोकै सुतें’ घाइते महरले भनिन्, ‘बिहान पनि फेरि कुटपीट गरेपछि गाउँलेले अस्पताल ल्याइदिए ।’

उजुरी दिन प्रहरीमा जाँदा प्रहरीले पहिला उपचार गरेर आउनु अनि उजुरी दर्ता गरौँला भनेके उनले बताइन् । जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्सपेक्टर लोकराज जोशीले भने घटनाबारे आफूलाई थाहा नभएको बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्