चुनावी अभियान तिव्र बनाउँदै वडाध्यक्ष पदका उम्मेदवार देवकोटा(फोटो फिचरसहिचत)

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिकाको १८ नं. वडा नगरको मात्रै होइन जिल्लाकै ठुलो वडा हो । यहाँ ११ हजार भन्दा बढी मतदाता रहेका छन् । हरेक निर्वाचनमा यो वडा निर्णायक हुने गरेको छ । स्थानिय चुनावको सरगर्मी बढिरहेको छ । जिल्लाको सबै भन्दा ठुलो वडाको कमान सम्हाल्न नेकपा एमालले युवा नेता रविन्द्र देवकोटालाई उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिसंगै सामाजिक क्षेत्रमाक्रियाशील देवकोटा यतिबेला ठुलो वडाको अध्यक्षहुने दौडमा छन् ।

आशन्न बैशाख ३० मा तय गरिएको स्थानिय चुनावमा युवा पक्तिका तर्फबाट प्रष्ट वक्ता, विकासको भिजनसँगै सक्रिय रुपमा खटिने चर्चित युवा नेतादेवकोटाले नेकपा एमालेको तर्फबाट भीमदत्तन गरपालिका वडा नं १८ को वडाअध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउदै जनताको घरदैलोमा चुनावी अभियानमा डटिरहेका छन।


निर्वाचन नजिकिदैँ जाँदा उनले चुनावि अभियानलाई पनि तिव्रताका साथ अघि बढाईरहेका छन् । उनले आफ्ना प्रतिवद्धताहरु जनतामाझ लिएर गएका छन् । सानैदेखि निडर, जुझारु र सहयोगी स्वभावका देवकोटाले आफनै क्षेत्रको चौतर्फी विकास गर्न कसरी सकिन्छ भन्ने अभिरुचीका साथ ग्रामीण विकास विधामा स्नात्तकोतर शिक्षा हासिल गरेका छन् ।


राजनिती क्षेत्र मेवा खाने क्षेत्र भन्दा सेवा गर्ने अवसरका रुपमा प्रयोग गर्ने वडाध्यक्षका उम्मेदवार रविन्द्र देवकोटाको संकल्प रहेको छ ।


यस्ता छन् प्रतिबद्धता
१) व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु र बसाईसराई ) र सामाजिक सुरक्षा भत्ता सर्वसुलभ तथा सहज बनाउनका लागि घरघरमा वितरण गर्ने
२) युवालाई स्वरोजगार बनाउनविभिन्न सीपमुलककार्यक्रमसँगै बजारमा आधारित प्रविधी मैत्री कृषि उत्पादनसँग जोडने
३) भाँसीनालामा बागफाटासम्म तटबन्ध निर्माण गरी वृक्षारोपण सहितको पदमार्गको रुपमा विकास गर्ने
४) वडाका सबै बाटोघाटो उच्च स्तरको कालोपत्रे गर्ने
५) वडाका प्रत्येक टोलमा निशुल्क रुपमा स्वास्थ शिवीर सञ्चालन गर्ने
६) कृषि उत्पादनका क्षेत्रमा आधुनिकीकरण गदैँ कृषि तथा पशु विमालाई निशुल्क रुपमालागु गर्ने
७) वडामा स्तरिय खेल मैदान निर्माण ।
८) सार्वजनिक तथा सरकारी विद्यालयको स्तरोउन्नतीका लागि अग्रेजीमाध्यम र प्राविधिक शिक्षा मार्फत गुणस्तरीय शिक्षामा सबै बालबालिकाको पँहुच स्थापित गर्ने
९) मजदुरका लागि श्रम अनुसारको ज्यालार भुमीहीन सुकुमबासीका लालपुर्जा पाउनका लागि पहल गर्ने
१०) सार्वजनिक स्थलहरुमा निशुल्क वाईफाईको व्यवस्था गदै हरेक वडा वासिन्दाको सञ्चार सेवामा पँहुच बढाईनेछ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्