‘लालझाडीवासिका समस्या टिपोट गर्दैँ घरदैलोमा निर्मल,भन्छन् ‘जितेपछि समाधान गर्छु’

महेन्द्रनगर । स्थानीय निर्वाचन नजिकिदैँ जाँदा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरु चुनावी प्रतिवद्धतासहित घरदैलोमा छन् । कञ्चनपुरको दक्षिण क्षेत्रको दुर्गम पालिकामा पर्छ, लालझाडी गाउँपालिका । स्थानीय अगुवा निर्मल रानाले स्थानीय जनताको समस्या र माग टिपोट गदैँ घरदैलोमा छन् ।

उनलाई नेकपा एमालेले पालिका अध्यक्षको उम्मेदवार बनाएको छ । पालिकामा शिक्षा, स्वास्थ्यमा सुधार र पुर्वाधार विकासमा जोड दिने उनको योजना छ । ‘यस अघिको सरकारले पालिकामा काम गर्न सकेन् ।’ उनले भने ‘संघियताको मर्म अनुसार जनताले सेवा पाउन सकेका छैन्, यसलाई हामी व्यवहारः कार्यान्वयनमा ल्याउछौँ ।’ यस अघि माओवादीका मदनसेन बडायकले अध्यक्ष जितेका थिए । बडायकको कार्यकालमा जन चाहाना अनुसार विकास नभएर भ्रष्टाचार मात्रै बढेको उनको आरोप छ ।

‘पहिलो चरणको घरदैलो कार्यक्रम सकेर चुनावी अभियानमै व्यस्त छौँ ।’ अध्यक्ष पदका उम्मेदवार रानाले भने ‘हाम्रा प्रतिवद्धतासहित जनताको माग र समस्यालाई टिपोट गरिरहेका छौँ, जितेपछि समाधान गर्छ ।’ स्थानीय समस्याबारे आफु जानकार रहे पनि स्थानीयको माग र समस्यालाई प्राथमिकता दिन घरदैलो अभियानमा टिपोट डायरसहित हिडेको उनको भनाई छ ।


पालिकामा नयाँ सडक विस्तारसँगै स्तरोन्नती, दोदा नदी कटान नियन्त्रणका लागि तटबन्धको योजना अघि बढाउने, जाँई–सिखलपट्टी पुल निर्माणका लागि पहल गर्ने उनको योजना छ । त्यस्तै छाडा पशुचौपाया नियन्त्रण, कृषिमा आत्मनिर्भर, युवा स्वरोजगार र स्व–उद्यममा जोड दिने उनले बताए ।

एमालेले यस पटक लालझाडीमा अध्यक्ष जित्ने रणनिति बनाएको छ । अनेरास्ववियुबाटै राजनिति सुरु गरेका रानाले विभिन्न संघ संस्थामा आवद्ध भएर काम गरेको अनुभव छ । राना अहिले नेकपा एमाले गाउँ कमिटि सचिवको जिम्मेवारीमा छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्