नयाँ प्रतिवद्धता र विगतका कामसहित चुनावी घरदैलोमा सिंह, बलियो बन्दैँ जनमत

पुराना कामको निरन्तरतादेखि नयाँ योजनाको सुरुवातसम्मको प्रतिवद्धता

महेन्द्रनगर । आसन्न स्थानीय निर्वाचनमा दोहरिन चाहेका जनप्रतिनिधिलाई आम जनताका दुई वटा प्रश्न छन् । पहिलो, विगतको पाँच वर्षे कार्यकालमा के–के गर्नुभयो ? र दोस्रो अब निर्वाचित भएपछि के गर्नुहुन्छ ? तर विगतमा राम्रो काम गरेका उम्मेदवारलाई भने यि प्रश्नको सामना गर्नुपर्ने अवस्था न्युन पनि छ ।

त्यही अवस्थामा छन् कञ्चनपुरको वेदकोट नगरपालिका–२ का वडाध्यक्ष सिंह । पहिलो कार्यकालमा राम्रो काम गरेर विकासप्रेमी युवा वडाध्यक्षको छवि बनाए सिंह जनतमाझ रुचाईएका उम्मेदवार बनेका छन् । उनी आफ्नो पाँच वर्षे कार्यकाल भएको विसका निर्माणको फेहरिस्तसहित जनतामा पुनः अनुमोदित हुन् गएका छन् । वेदकोटको नगर प्रवत्ताको समेत जिम्मेवारी सफता पुर्वक निर्वाह गरेका सिंहलाई नेकपा एमालेले वडाध्यक्ष पदको उम्मेदवार बनाएको हो ।


आसन्न स्थानीय तह निर्वाचनमा दोस्रो कार्यकाल अध्यक्षमा दोहरिन चाहेका सिंह अहिले मत माग्न घरदैलामा व्यस्त छन् । सिंहले पुराना कामको निरन्तरतासँगै नयाँ योजनाको सुरुवता गर्ने प्रतिवद्धतासहित चुनावी अभियानमा जुटेका छन् ।
छेला औद्योगिक क्षेत्र सञ्चालनका लागि पहल गर्ने युवा स्वरोजगारसम्मका योजना उनले अघि सारेका छन् ।


औद्योगिक क्षेत्रको पहुँच मार्गको स्तरोन्तनी तथा निर्माण, वडामा पुर्ण रुपमा सिचाँई व्यवस्था मिलाउने, निर्माणाधिन आयोजना सम्पन्न गरि छ महिना भित्रमा खानेपानी वितरण गर्ने उम्मेदवार सिंहको योजना छ । त्यस्तै अव्यवस्थीत, भुमिहिनलाई छ महिना भित्रमा पुर्जा वितरण गर्ने, पथरिया नदी कटानी नियन्त्रणका लागि तटबन्धको योजना अघि बढाउने, ६\६ महिनामा निःशुक्ल स्वास्थ्य शिविर सञ्चालन गर्ने, जेष्ठ नागरिक सामुदायिक केन्द्र निर्माण गरिने उम्मेदवार सिंहले बताए ।

स्वरोजगारका लागि उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गर्ने, शिपमुलक र आयआर्जन मुलक तालिम सञ्चालन तथा कृषिमा आत्मनिर्भर बनाउने योजना रहेको उनले सुनाए । त्यस्तै वडामा रहेको खेलमैदान स्तरोन्नती गर्ने, उत्कृष्ट खेलाडीलाई सम्मान तथा प्राविधिक सहयोग गर्ने, युवा तथा महिला नेतृत्व विकासका लागि क्षमता अभिवृद्धीमुलक तालिम सञ्चालन गर्ने, आधारभुत स्वास्थ्य सेवालाई विस्तार गरि प्रसुती सेवा सञ्चालनमा ल्याउने र शिक्षा क्षेत्रका सुधारका लागि आवश्यक पहल गर्ने उनको योजना छ ।

साथै वडामा आवश्यक पुर्वाधार निर्माण, सडक विस्तार र स्तरोन्नती, पुल निर्माण लगायतका योजना उम्मेद्धवार सिंहले अघि सारेका छन् । उनले आफ्नो पक्षमा जनमत बलियो बन्दैँ गएको बताए । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीनि थालेका युवा नेता सिंहले कलिलो उमेरमै ‘कुशल नेतृत्वकर्ता’को छवि बनाएका छन् । उनि नेकपा एमाले जिल्ला कमिटि सदस्य हुन् ।

पाँच वर्षमा वडाध्यक्ष सिंहले के–के गरे ?

सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास, कुरीति र कुसंस्कारका रुपमा हेरिएको छाउपडी गोठमुक्त कार्यक्रम, अव्यवस्थिती बसोबासी किसानहरुलाई जग्गाधनी लालपुर्जा उपलब्ध गराउनका लागि जग्गा नापजाँच गर्ने कार्य भएर अन्य प्रक्रिया अगाडि बढाउन सफल भएका छौँ ।

वडाभित्रका अधिकाँस सडकहरु कालोपत्रे, सडक स्तरोन्नी, सडकमा ग्राबेल, नयाँ सडक खोलेर सडक ग्राबिल गर्ने काम गरिएको छ । जडेपानी विद्यालय नजिक पुल निर्माण, चाँदनीफाँटा नयाँ बाटोमा कल्र्भट, टंकरकुना नालामा कल्र्भट, थापा चौराहमा कल्र्भट र टंकरकुनादेखि पिपलथलासम्म जोड्ने पथरिया नदीम मोटरेवल पुलको बालपत्र आह्वान भएकाले सम्झौता भई प्रक्रिया अगाडि बढेको छ ।
ट्राफिक शिविर, बाल मन्दिर शिविर, चाँदनीफाँटा, झरना टोल लगायत विभिन्न ठाउँम सिँचाईका लागि ट्युवेल जडान गरिएका छन् । बेदकोट चोरपानी खानेपानी आयोजनाको मर्मत सम्भार गरिनुका साथै झरना खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
वडा नम्बर २ मा स्वास्थ्य केन्द्रको २ वटा भवन निर्माण गरी स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छन् । स्वास्थ्य केन्द्रमा ल्याब सेवा सुरु भएको छ । महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई स्वास्थ्य सेवा प्रभावकारी बनाउन साइकल वितरण तथा वडामा विभिन्न विशेषज्ञ डाक्टरलाई बोलाएर निःशूल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
वडाको प्रशासनिक भवन निर्माण गरिएको छ । वडासंग स्थानीय गणेश बहादुर स्वाँर र बिरबहादुर भट्टले दान गरेको १३ कठ्ठा जमीन रहेको छ ।
नदी कटान नियन्त्रणका लागि वडामा धेरै कामहरु भएका छन् । बसन्थला दलितबस्ती, मगर टोल, माथिल्लो दलितबस्ती, टंकरकुना, झरना टोल, मुक्ती टोल, वडा कार्यालय नजिक पथरिया नदीको कटान रोक्न तटबन्ध निर्माण गरिएको छ ।
महाकाली सिँचाई आयोजना तेस्रो चरण अन्तर्गत पथरिया नदी साइपनको उत्तर र दक्षिण भागमा तटबन्धनका लागि बोलपत्र आह्वान भएको छ, यसको काम यहीँ आर्थिक वर्षमा सकिने छ ।

शिक्षाको क्षेत्रमा पनि थुप्रै काम भएका छन् । वडालाई साक्षरता वडा घोषणा गर्न सफल भएका छौँ । बैजनाथ माध्यमिक विद्यालय जडेपानीलाई निर्वाचन क्षेत्र नम्बर २ को नमूना विद्यालयको रुपमा नेपाल सरकारबाट घोषणा गरिएको छ ।
विद्यालयका भवन निर्माण, पर्खाल, शौचालय खेलमैदान, शुद्ध पिउने पानीको व्यवस्था, विद्यालय प्राविधिकमैत्री, आइसीटी ल्याव र गुणस्तरीय शिक्षाका लागि अतिरिक्त कक्ष सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

धार्मीक, पर्यटन तथा धरोहर बोकेको बैजनाथ मन्दिर बसन्तथलामा धुनी घर निर्माण, पर्खालको डीबीसी, बसन्तथला रानाथारु समुदायको भुईया, चाँदनीफाँटा अट्याल मन्दिर, राधाकृष्ण मन्दिर, झरनाटोलको बैजनाथ मन्दिर, मुक्तकमैयाको सबै टोलमा थनुवा, बसन्तथला, टंकरकुना सार्वजनिक चौतारा निर्माण, रानाथारु समुदायको पहिचान झल्किने पहिरन उपलब्ध गराइएको छ ।
मुक्तकमैया क्षेत्रमा रहेको सामुदायिक भवन पुनः निर्माण तथा मर्मत सम्भार, जनता आवास कार्यक्रम अन्गर्तत दलित समुदायका तीन वटा घर निर्माण, मुक्त कमैया क्षेत्रको सामुदायिक भवनको शौचालय निर्माण, भुुसको छाना विस्थापित कार्यक्रम अन्तर्गत ५० परिवारको जस्तापाताले घर निर्माण भएको गरिएको छ ।
पशुपति आमा समूहको भवन र ख्रिष्ट मण्डलीको भवन निर्माण कार्य अन्तिम चरणमा रहेको छ । वडामा खेलकुद मैदान निर्माण गर्नुका साथै खेलाडीहरुलाई खेलकुद सामाग्री वितरण, जिल्ला तथा नगर स्तरीय खेलकुद प्रतियोगिता आयोजना र सहभागीमा वडा कार्यालयले सहयोग गरेको छ ।
यस्तै जंगली हात्ती धपाउन साइरन जडान तथा गोबरग्यास प्यान्ट जडान गर्ने काम पनि सम्पन्न गरिएको छ । आयमूलक कार्यक्रम अन्तर्गत सिलाई कटाइ, व्युटिपार्लर, ड्राइभिङ्ग, मन्टेश्वरी, विद्युत जडान, चुरा तथा डल बनाउने, कुखुरा, बंगुरपालन, बेमौसमी तरकारी खेती, आलुखेती तालिम पनि सञ्चालन गरेका थियौँ । बेदकोट नगरपालिका वडा नम्बर २ मा नेपाल टेलिकमको टावर निर्माण पनि गरिएको छ

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्