कञ्चनपुरमा आजबाट मदिरा विक्री वितरणमा रोक

महेन्द्रनगर । कञ्चनपुरमा आजबाट मदिरा विक्री वितरणमा रोक लगाइएको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आजबाट मदिरा विक्री वितरणमा रोक लगाइएको हो।

जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै २७ गते (आज) राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवनमा रोक लगाइएको जनाएको छ। सूचनाविपरीत काम गरे वा गराइएको पाइए कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्