‘एमालेले चुनाव जिति सक्यो, अब मत संरक्षण गर्छौ’ उप–सचिव चन्द

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले जिल्लाका नौ वटै स्थानीय तह जित्ने दावि गरेको छ । पार्टी उप–सचिव कर्ण बहादुर चन्दले जिल्लाका सात नगरपालिका र दुई गाउँपालिका पार्टीले जित्ने दावि छ ।
‘सबै पालिका जित्ने गरि पार्टी परिचालन भएको छ ।’ उप–सचिव चन्दले भने ‘हामीले सबै पालिका जिति सकेका छौँ, आजैबाट मौन अवधी सुरु हुने भएकोले यस अवधिमा एमालेका मत संरक्षण लाग्छौँ ।’
साथै पार्टीले एमालेका मत संरक्षणका लागि कार्यकर्तालाई निर्देशन समेत गरेको छ । ‘चुनावी अभियानमा एमालेप्रतिका जनलहर र जनमत बलियो छ ।’ उनले भने ‘जनताको मनमा रहेको एमालेलाई अब मतमा रुपान्तरण गछौँ ।’ एमाले नेतृत्वको सरकारले जनपक्षीय काम नै पार्टीले चुनाव जित्ने आधार रहेको उनको भनाई छ । एमाले यसअघि जिल्लामा एमालेले पाँच पालिका जितेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्