भीमदत्तमा एमालेलाई विरासत जोगाउन युवादेखि वृद्धको साथ

महेन्द्रनगर । आसन्न स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा निकै चर्चामा छ भीमदत्त । जिल्ला सदरमुकाम र पुरानो नगरपालिकाको नेतत्व लिने दाउमा छन् प्रमुख राजनिति दलहरु । भीमदत्तको मेयरका लागि नेकपा एमाले, नेपाली कांग्रेसबिच कडा प्रतिस्पर्धा हुने आकंलन गरिएको छ । यि दुई दुवै दललाई राप्रपाले पनि चुनौती दिईरहेको छ ।


यस पटकको स्थानीय निर्वाचनमा अधिकांश मतदाताको रोजाईमा छन् युवा उम्मेदवार । त्यही युवा उम्मेदवारको पङ्तीमा पर्छन्, नेकपा एमालेका युवा नेता महेश प्रशाद पन्त । ३९ वर्षिय युवा पन्तलाई एमालेले भीमदत्त नगरपालिकाको मेयर पदको उम्मेदवार बनाएको छ ।
मतदाताको रोजाईमा युवा पर्दा पन्तको उम्मेदवारी पनि बलियो बन्दैँ गएको छ । पार्टी संगठनका हिसाबले भीमदत्तमा बलियो रहेको एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग मात्रै रहेको नेताहरुको बताउँछन् । अघिल्लो निर्वाचनमा मेयर जितेको एमालेले यस पटक पनि नेतृत्व हात पार्ने दाउमा छ । भने नेपाली कांग्रेस हारको बदला लिने रणनीतिमा छ ।

नेतृत्वका लागि एमाले अघिल्लो सरकारले गरेका कामहरु र अधुरा कार्यको निरन्तरतासहित नयाँ योजना लगेर जनतामाझ गएको छ । नेकपा एमालेले कञ्चनपुरका उप–सचिव कर्ण बहादुर चन्दले पार्टीलाई युवादेखि वृद्धसम्मको साथ रहेको बताए । उनले पार्टीले युवा स्वरोजगारदेखि वद्धभत्ता लगायतका लोकप्रिर्य कार्यक्रम सञ्चालन गरेकाले जनताले एमालेलाई मत दिने बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्