मेयर उम्मेदवार पन्तले गरे जन सेवकदेखि समृद्ध भीमदत्त बनाउने प्रतिवद्धता

महेन्द्रनगर । कञ्चनपुर पुरानो नगरपालिकाको नेतृत्व दोह¥याउन रणनितिमा छ नेकपा एमाले । त्यसका लागि पार्टीले एमालेले युवा नेता महेश प्रशाद पन्तलाई उम्मेदवार बनाएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार पन्त चुनावी घरदैलो अभियानमा छन् । उनले आफ्नो संकल्पसहित चुनावी मैदानमा होमिएका छन् । जनताको सेवक बन्नेदेखि समृद्ध भीमदत्त बनाउनेसम्मका योजना उनको प्रतिवद्धतामा समेटिएका छन् ।

यस्ता छन् मेयर उम्मेदवार पन्तका संकल्प

म भ्रष्टाचाररहित सुशासन सहितको प्रविधिमैत्री सेवा दिनेछु ।
म शासक होईन जनताको सेवक बन्नेछु, जनताका सुख दुखमा सँगसँगै रहनेछु ।
म समृद्ध भीमदत्त वासीको सपनाको सारथी बन्नेछु ।
हामी सदाचार, सामाजिक जागरण तथा विकासका अभियान्ता बन्नेछौँ ।

चुनावि प्रतिवद्धताहरु

– सुविधा सम्पन्न गाँउ र आधुनिक नगर र सुरक्षीत सहर निर्माण गरिनेछ ।
– भौतिक पुर्वाधार निर्माणसँगै सामाजिक र आर्थिक रुपान्तरणमा जोड दिईनेछ ।
– मेयर उद्यमशिलता कार्यक्रमलाई निरन्तरता दिदैँ पुजी अभाव भएका उद्यमीलाई बिना धितो, बिना ब्याजमा कर्जा उपलब्ध गराईने छ ।
–कृषी उत्पादनमा वृद्धीका लागि युवालाई कृषीमा आकृषण गर्न बिउ पुजी, उपकरणमा अनुदान र प्राविधिक सहयोग गरिनेछ । किसानलाई निशुल्क प्राविधिक सहयोगका कृषी जेटीए, भेटेनरी प्राविधिकहरुलाई गाउँ–गाँउमा खटाईने छ ।
–निजि तथा सहकारी क्षेत्रसँगको सहकार्यमा उत्पादन र रोजगारमुलक कार्यक्रम सञ्चालन गरिने छ ।
–मजदुर तथा बेरोजगारको तथ्याङ्क संकलन गरि रोजगारीका अवसर सिर्जनासहित रोजगारमुलक कार्यक्रम प्राथमिकता दिईनेछ ।
–घरमै बसी–बसी अनलाईनमार्फत कर तिर्ने व्यवस्थालाई प्रभावकारी र व्यवस्थीत बनाईनेछ ।
–‘मेयर स्वास्थ्य शिविर कार्यक्रम’ सञ्चालन गरि विपन्न, गरिब, दलित, अपाङ्गता भएका व्यत्तिहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिनेछ ।
–हात्ति लगायतको जंगली जनावरको आतांङ्क रोक्न निकुञ्ज क्षेत्रमा मेस वायर, तारबार लगाईने छ । साथै पिडितलाई राहतका दिन कोष स्थापना गरिनेछ ।
–.पालिकामा रहेको सार्वजनिक जमिन खोजी गरि संरक्षण गरिनेछ भने अतिक्रमणलाई हटाईनेछ ।
–.हरेक वडामा विपद् बेला आवश्यक पर्ने आश्रय स्थहरु निर्माण गरिनेछन् ।
–.अघिल्लो सरकारले सुरु गरेको नगर बाह्य चक्रपथ, रौटेला—ब्रह्मदेवसम्मको धार्मिक पर्यटन मार्ग, बागफाँटा—झोलंगेसम्मको शुक्लाफाँटा पर्यटन मार्गको निर्माण कार्यलाई पूर्णता दिएर नगर बस सेवा सञ्चालन गरिने छ ।
– दुई दशक देखि गौचरणमा परिणत मझगाँउ एयरपोर्ट पूनः सञ्चालनका लागि सह–लगानीलाई निरन्तरता दिनेछ भने समयमै निर्माण कार्य सम्पन्न गरि विमानस्थल सञ्चालनका लागि पहल अडागी बढाईनेछ ।
–कृषी उत्पादनमा वृद्धी गरि तरकारी र खाद्यान्न आयातलाई निरुत्साहित गरिनेछ ।
– स्थानीय उत्पादनको बजारीकरणका लागि कृषी व्यापार केन्द्र सञ्चालन, ठेला बजार व्यवस्थापन र हाट बजार सञ्चालनमा ल्याईनेछ ।
–जडीबुटी र फलफूलजन्य विरुवा रोपण गरी एक सामुदायिक वन एक उद्योग स्थापना गरिने छ ।
– वस्तुगत सहकारीको प्रर्वद्धन र उत्पादन तथा एक वडा एक सहकारी शुफत मूल्य पसल सञ्चालनमा ल्याईनेछ ।
– जेष्ठ नागरिक भत्ता सहितको सामाजिक सुरक्षा निरन्तरता र लक्षित समुदाय उत्थान कार्य पनि सञ्चालन गरिने ।
–.सक्षम खेलाडी उत्पादनका लागि प्रतिस्पर्धी खेलकुदको विकाससँगै र बहुउद्देश्यीय रंगशाला निर्माण गरिनेछ ।
– यस नगरमा अवस्थीत सुदूरपश्चिम विश्वविद्यालयलाई शैक्षिक हब र रिसर्च सेन्टरकको रुपमा विकास गर्न पहल गरिने छ ।
– महाकाली अस्पतालको पुर्ण स्तरोन्नती र सेवा विस्तारका लागि गरिने छ ।
–विद्यालयमा पुर्वाधार निर्माणससँगै गुणस्तरीय शिक्षामा जोड दिईनेछ । साथै शैक्षिक सुधार कार्ययोजनालाई कार्यन्वयनमा ल्याईनेछ ।
गरिब, विपन्न, दलित परिवारका बालबालिका उच्च स्तरिय शिक्षाका छात्रवृत्तिको स्थापना गरिनेछ ।
–.पढ्दै कमाउदैँ प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
– कला, संस्कृति, संरक्षणका लागि संग्रहालय निर्माण गरिने छ । साथै पर्यटन पर्यद्धनका लागि महाकाली नदीमा ¥याफटिङ्ग सञ्चालन, होमस्टेको व्यवस्थापन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई जैविक अध्ययन केन्द्रको रुपमा विकास गरिने छ ।
–सबैैका लागि गुणस्तरीय तथा विपन्नका लागि निशुल्क स्वास्थ्य सेवा र स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिने छ ।
– घर–घरमा स्वच्छ खानेपानी धारा पु¥याईनेछ ।
– नगरका सबै चोकमा स्मार्ट लाइट, नगरभरि सडक बत्ति र सौर्य बत्ति जडान गरिनेछ ।
–कृषि बिमा, एक वडा एक उत्पादन, पकेट क्षेत्र कार्यक्रम सञ्चालन तथा निरन्तरता दिईनेछ ।
–अव्यवस्थीत बसोबासी, भुमिहिन सुकुम्बसीहरुको उचित व्यवस्थापनसँगै पुर्जा वितरण गरिनेछ ।
–सार्वजनिक स्थानमा शौैचालय निर्माण गरिने छ ।
–सबै वडामा स्तरिय खेल मैदान निर्माण गरिनेछ ।
–फोहोरलाई मुलमै व्यवस्थापन गर्न बृहत सरसफाई जाँगरण अभियान सञ्चालन गरिनेछ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि ल्यान्डफिल्ड साईटको खोजी गरिनेछ ।
–लागु औषद दुव्र्यसनी नियन्त्रणका लागि विशेष संयन्त्र निर्माण तथा परिचालन गरिने छ ।
–सार्वजनिक स्थलहरुमा निशुल्क ईन्टरनेटको व्यवस्था गरिने छ ।
–बयोवृद्ध र अपाङता भएका नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराईनेछ ।
–सामाजिक संघ सस्थाहरुको क्षमता विकास तालिमसँग विकासका लागि सहकार्य र साझेदारी गरिनेछ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्