कांग्रेस गढ भत्काउन कस्सीएका रिटायर्ड सई मल्लः जो स्थानीयकै सल्लाहपछि वडाध्यक्ष उठे

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेस बलियो मानिन्छ । यो वडामा २०४७ देखि निर्वाचनमा कांग्रेसले एकलौटी रुपमा जित्दैँ आएको छ । आसन्न स्थानीयको निर्वाचनमा कांग्रेस गढ मानिने यस वडामा यस पटक भने नेकपा एमालेका उम्मेदवार हावि देखिएका छन् ।

नेकपा एमालेले नेपाल प्रहरीका रिडायर्ड सई तेज बहादुर मल्ललाई उम्मेदवार बनाएको छ । वडामा सहयोगी, मिलनसार र समाजसेवी छवि बनाएको मल्ललाई एमालेले वडाध्यक्ष पदको उम्मेदवार अघि सारेको छ ।
२०६६ सालमा नेपाल प्रहरीको सईबाट रिटायर्ड भएपछि मल्ल राजनितिमा सक्रिय भएका छन् । स्थानीयले नै वडाध्यक्ष उठ्न प्रेरित गरेपछि मल्ल उम्मेदवारीका लागि अघि सरेको उनी बताउँछन् । बैशाख ३० गते हुने निर्वाचनका लागि मल्ल चुनावी घरदैलो र भेटघाटमा व्यस्त छन् ।

२०४८ सालमा नेपाल प्रहरी सेवा प्रवेश गरेका मल्लले आफ्नो कार्यकाल देश, परिवेश बुझेका छन् । नेपालका धेरै ठाउँका रहेको काम गर्ने अनुभव पाएका मल्लले सेवा करिब एक दशक जिल्लामै सेवारत थिए । नेपाल प्रहरीमा सेवारत हुदाँ होस् या रिटायर्डपछि पनि मल्ल सधैँ जनसेवाका तल्लिन रहेको सुनाउँछन् ।
मल्ल वडाका गरिब विपन्न तथा कानुनी पक्रियाबारे नबुझेका स्थानीयलाई कानुनी परामर्श दिन्छन्, आवश्यक परे अड्डा, अदालतसम्मै पुगेर सहयोग गर्छन । त्यही सहयोगी भावनाले उनि वडामा परिचित छन् ।
जनआन्दोलनको समयमा विभिन्न बम विष्फोष्टबाट जीवन जोगाएका मल्ल जनताको सेवा गर्न राजनितिमा आएको बताए । ‘पार्टीले विश्वास गरेका टिकट दिएपछि चुनावी मेदानमा होमीएको छु ।’ उनले भने ‘यस पटक नेपाली कांग्रेसको गढलाई भत्काउछु, वडावासीको सेवा र वडाको विकासका लागि काम गर्छ । ’ छ महिनाअघि आमा गुमाएका मल्ल पितृ शोकमै मतदाताको घरदैलो चाहारिरहेका छन् ।

महेन्द्रनगर बजार क्षेत्र पर्ने यस वडामा व्यवस्थीत बजारिकरण, फोहोरमैला व्यवस्थापन, पुर्वाधार निर्माण, ट्राफिक व्यवस्थापन लगायतका योजना रहेको उनले बताए । आम स्थानीय मतदाताको मत पाउने उनको अपेक्षा छ । पार्टीको मात्रै नभई प्रतिस्पर्धि दलका समर्थकबाट समेत आफुले भोट पाउने उनको दावि छ । वडा नम्बर ४ मा नेपाली कांग्रेस, राप्रपा र स्वतन्त्र लगायतले उम्मेदवार दिएका छन् । उनीसँगै वडासदस्यमा एमालेबाट नारायण पनेरु, लक्ष्मी ठकुराठी, बिरमान शार्की, पुजा शार्की पनि चुनावी मैदानमा छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्