अध्यक्ष विष्टद्धारा एमाले उम्मेदवारलाई जिताउन अपील

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले पार्टीका उम्मेदवारको पक्षमा मतदान गर्न अपील गरेको छ । पार्टी अध्यक्ष सुरेन्द्र विष्टले पार्टीले उठाएको नौ वटै स्थानीय तहका उम्मेदवारलाई मत दिन सामाजिक सञ्जाल फेसबुकमार्फत अपील गरेका हुन् ।
अध्यक्ष विष्टले मंगलबार साझ जिल्लाका नौ वटै पालिकाका प्रमुख\उप–प्रमुख, अध्यक्ष\उपाध्यक्ष र ९२ वडाका वडाध्यक्ष र सदस्य पदका उम्मेदवारलाई जिताउन मतदातामा अपील गरेका छन् ।
एमालेले भीमदत्त नगरपालिकाको प्रमुखमा महेश प्रसाद पन्त, उपप्रमुखमा भुवन केसी कुवर, दोधारा चाँदनी नगरपालिकाको प्रमुखमा किशोर कुमार लिम्बु, उपप्रमुखमा खिमा चन्द, वेदकोट नगरपालिकाको प्रमुखमा शुसिला सिंह र उपप्रमुख पार्वती जोशीलाई उम्मेदवार बनाएको छ ।
त्यस्ते शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा रण बहादुर महरा, उपप्रमुख मोनिका भण्डारी भट्ट, कृष्णपुर नगरपालिकाको प्रमुख लोकेन्द्र प्रसाद पन्त र उपप्रमुख रमिता राना बडायक, पुनर्वास नगरपालिकाको प्रमुखमा पदम पुजारा, उपप्रमुखमा शुशिला खत्री, बेलौरी नगरपालिकामा कमला बोहरा र उप प्रमुखमा जोगराज चौधरीलाई एमालेले उम्मेदवार तय गरेको छ ।
बेलडाँडी गाँउपालिकाको अध्यक्षमा अक्कल बिष्ट, उपाध्यक्ष फुलदेवी राना, लालझाडी गाउँपालिकाको अध्यक्ष निर्मल राना र उपाध्यक्षमा सपना चौधरी रानालाई एमालेले उम्मेदवार बनाएको छ । स्थानीय निर्वाचन बैशाख ३० गते हुदैँछ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्