महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । स्थानीय तह निर्वाचनमा एमालेका मेयर पदका उम्मेदवार लोकेन्द्र प्रशाद पन्तले सुरुवाती अग्रता लिएका हुन् ।
त्यहाँ एक सय २६ मत गणना हुदाँ मेयरमा एमालेले ५६, कांग्रेसले ३६, माओवादी केन्द्रले २१ र समाजवादीले २ मत पाएको छ । वडा नम्बर १ को मत गणना भईरहदाँ उप मेयरमा एमालेले ३६, काग्रेसले ३६, माओवादी केन्द्रले २४ मत प्राप्त गरेको छ ।