दार्चुलाको महाकालीमा बहुमत वडासहित एमालेका मेयर जित नजिक

महेन्द्रनगर । दार्चुलाको महाकाली नगरपालिकामा नेपाक एमाले बहुमत वडासहित जितको नजिक पुगेको छ । महाकाली नगरपालिका मेयरमा नेकपा एमालेका उम्मेदवार नरसिह चैसिर जित नजिक पुगेका हुन् ।
९ वडा मध्ये ७ वडाको मतगणना सकिदाँ नेकपा एमालेका मेयर पदका उम्मेदवार चैसिर गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार हंसराज भट्ट भन्दा ९ सय ६ मतले अगाडी छन् ।
चैसिरले ३ हजार ९ सय ५९ मत प्राप्त गरेका छन् भने भट्टले ३ हजार ५३ मत पाएका छन् ।
उपमेयरमा पनि नेकपा एमालेकी दुर्गा खत्री विष्टले ३ हजार ६ सय ६३ मत ल्याएर अग्रता कायम राखेका छन् भने नेपाली काग्रेसकी सुना वोहराले ३ हजार २ स य ८९ मत ल्याएकी छिन् ।
हालसम्म ५ वडामा एमालेलेको टिम प्यानलसहित निर्वाचित भएको छ भने २ वडामा नेपाली कांग्रेस प्यानल सहित निर्वाचित भएको छ । अहिले वडा नम्बर ५ र ६ को मतगणना भईरहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्