शैल्यशिखरका ४ वडामा एमाले प्यानलसहित विजयी, मेयरमा पनि अग्रता

महेन्द्रनगर । दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेले चार वडामा प्यानलसहित विजयी भएको छ । एमालेले नगरपालिकाका १,२,३ र ४ को प्यानलसहित विजयी भएको हो ।
त्यस्तै मेयरमा पनि नेकपा एमालेका विजय सिह धामीले अग्रता लिएका छन् । उनि ४ सय ७ मतान्तरसहित अग्रता स्थानमा छन् ।
धामीले २ हजार ४९ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार अमर सिह धामीले १ हजार ६ सय ४२ मत प्राप्त गर्दै पछ्याइ रहेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्