बैतडीको दशरथचन्दमा एमालेका लख्खाभाइको अग्रता, पछ्याउदै कांग्रेस

बैतडीः बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा एमालेको अग्रता कायमै रहेको छ। वडा नं १, १० र ११ को मतगणना भईसकेको र वडा नं २ को १४०० मत गणना हुँदा मेयरमा एमालेका पुष्करराज जोशी (लख्खाभाइ) ले ३ हजार ६३५ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका गजेन्द्रसिंह रावलले २ हजार ५१७ मत प्राप्त गरेका छन्।
यस्तै उपमेयरमा पनि एमालेकी सरस्वती नेपालीले अग्रता बनाएकी छिन्। उनले २ हजार ९८४ मत प्राप्त गरेकी छिन् भने कांग्रेसकी कौशिला चन्दले २ हजार ९१८ मत प्राप्त गरेकी छिन्। मतगणना कार्य जारी रहेको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्