दार्चुलाको नौगाड गाउँपालिकाको अध्यक्षमा माओवादीका धामी निर्वाचित

दार्चुला — दार्चुलाको नौगाड गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दलजितसिंह धामी निर्वाचित भएका छन् । उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसका जगतसिंह ठगुन्ना निर्वाचित भएका छन् ।
मतगणना परिणामअनुसार धामिले ३ हजार ५ सय ८९ मत प्राप्त गरेका छन् । उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार प्रेमसिंह धामीले तीन हजार १ सय ९१ मत ल्याएका छन् । उनी २०७४ सालमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यस्तै उपाध्यक्ष निर्वाचित ठगुन्नाले तीन हजार ७ सय ६७ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेकी गौरिदेवी ठगुन्ना २ हजार ८ सय ६७ मत ल्याएकी थिइन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्