महाकाली नगरपालिकामा एमालेका मेयर र उप मेयर विजयी

महेन्द्रनगर । दार्चुला सदरमुकाममा रहेको महाकाली नगरपालिकामा मेयर र उप मेयरमा नेकपा एमाले उम्मेदवार विजयी भएका छन् ।
नगर प्रमुखमा एमालेका नरसिंह चैसिरले ५ हजार १३ मत ल्याएर विजयी भएका हुने भने उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७ मत पाए ।
यस्तै उप मेयरमा पनि एमालेकी दुर्गा विष्टले विजयी भएकी छिन् । उनले ४ हजार ६ सय २६ मत पाए भने उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसकी सुना बोहराले ४ हजार १ सय ८२ मत पाईन् ।
नेकपा एमालेले बहुमत वडामा प्यानल सहित निर्वाचित भएको छ । ९ वटा रहेको महाकालीमा १,२,४,७ र ८ नम्बर वडामा एमाले प्यानल सहित विजयी भएको हो । भने वडा नम्बर ५ मा वडाअध्यक्ष सहित ४ जना निर्वाचित भएका छन् ।
वडा नम्बर ३,६ र ९ मा नेपाली कांग्रेसले प्यानल सहित जित हासिल गरेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्