दाेधरा चाँदनी-६ मा एमालेका बस्नेत प्यानलसहित विजयी

महेन्द्रनगर । दोधारा चादनी नगरपालिका-६ मा नेकपा(एमाले) का ओम बस्नेत प्यानलसहित विजयी भएका छन । उनी ८ सय ३ मत लिएर विजयी भएका हुन् । अघिल्लो स्थानीय तहको चुनावमा बस्नेत थाेरै मतले नेपाली कांग्रेसका दिल बहादुर सिजालीसंग पराजित भएका थिए ।
यश पटक उनैलाई सिजालीलाई १ सय १४ मतान्तरले पराजित गरेका छन । त्यसैगरी दलित महिला सदस्यामा चाँदनी सुनार ७ सय ५२ मत लिएर विजयी भएकी छन । महिला सदस्यामा सपना रानाले ७ सय ६२ मत लिएर बिजयी भएकी छन ।
त्यसैगरी एमालेकै खुला सदस्यमा क्रमशः ७ सय ३६, ७ सय ५२ मत लिएर गणेश शाही र गणेश मगर विजयी भएका छन । दोधारा चादनी नगरपालिकाको वडा न१ र वडा न५ मा राप्रपाले जित हात पारेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्