लालझाडीको गाउँपालिकाे अध्यक्ष एमालेका राना र उपाध्यक्षमा चाैधरी विजयी  

महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निर्मल राना जितको नजिक पुगेका छन् ।
५ वडाको मतगणना सम्पन्न हुँदा उनले ३ हजार ५१३ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी माओवादीका मदनसेन बडायकले २ हजार १९५ मत ल्याएका छन् ।
त्यस्तै कांग्रेसका श्रीकृष्ण रानाले २ हजार ३१ मत ल्याएका छन् । ६ वडा रहेको लालझाडीमा अहिले वडा नम्बर १ को मत गणना जारी रहेको छ । १ हजा ९७९ मत गन्दा पालिका अध्यक्षमा एमालेका रानाले ८ सय ४६ मत प्राप्त गरेका छन् । माओवादीका बडायकले ५ सय ४३ र कांग्रेसका श्रीकृष्णले ३ सय ५९ मत ल्याएका छन् ।
वडा नम्बर १ मा २ हजा ३ सय ९४ मत खसेको थियो । यहाँ अब ४ सय १५ मत मात्रै गन्न बाँकी छ । तर पालिका अध्यक्षमा एमालेका रानाको माओवादीका बडायकसंग १ हजार ६२१ को अन्तराल छ ।
निर्वाचन कार्यालय अधिकृतको कार्यालयले केही बेरमा पूर्ण मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्