सुदूरपश्चिमका ५२ पालिकामा मतगणना सम्पन्नः २२ मा कांग्रेस, १७ मा एमाले विजयी

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका ४७ वटा स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । प्रदेशका नौं जिल्लामा रहेका ८८ पालिकामध्ये ५२ पालिको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । ५२ मध्ये सबैभन्दा बढी पालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।
काँग्रेसलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्र पछ्याइरहेका छन् । प्रदेशका २२ पालिकामा काँग्रेस, १७ पालिकामा नेकपा एमाले, १२ पालिकामा माओवादी केन्द्र र एक पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीले भने अझै खाता खोल्न सकेको छैन ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्