बेलौरीको मेयरमा माओवादीका पोतीलाल दोहरीए, उपमेयरमा एमालेका जोगरामले जिते

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका पोतीलाल चौधरी निर्वाचित भएका छन् । चौधरी ८ हजार ७ सय ८७ मतसहित बेलौरीको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी कमला बोहराले ६ हजार ८ सय ३ मत पाईन् । त्यस्तै नेपाली काँग्रेसका हरेन्द्र सिंह बिष्टले ६ हजार ३ सय १२ राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ७५४, राष्ट्रिय जनमोर्चाका रङ्ग बहादुर चौधरीले २०४ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बुझौना चौधरी थारुले ५८ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै बेलौरी नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका जोगराम चौधरी निर्वाचित भएका छन् । उनले ७ हजार ५ सय ८३ मत प्राप्त गरे ।
उप मेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रकी मञ्जु शाहले ६ हजार ८ सय ३५, नेपाली कांग्रेसकी खिना भण्डारीले ६ हजार ६ सय १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालमति वडायक रानाले ७८५, नेकपा एकीकृत समाजवादीका नन्द कुमार रानाले ७०९, राष्ट्रिय जनमोर्चाका लक्ष्मी देवी चौधरीले २०६ र जनता समाजवादी पार्टी नेपा पार्वती रानाले ५६ मत प्राप्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रबाट बेलौरी नगरपालिका वडा नम्बर १, ५, ८ र १० मा पुरै प्यानल तथा वडा नम्बर २ मा ४ जना सदस्यहरू निर्वाचित हुनु भएका छन् ।
त्यस्तै नेकपा एमालेबाट बेलौरी नगरपालिका वडा नम्बर ३ र ४ मा पुरै प्यानल, वडा नम्बर ६ मा वडा अध्यक्ष र ३ जना सदस्य तथा वडा नम्बर २ मा वडा अध्यक्ष निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसबाट बेलौरी नगरपालिका वडा नम्बर ७ र ९ मा पुरै प्यानल तथा वडा नम्बर ६ मा एक जना सदस्य निर्वाचित भएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्