भीमदत्तका जनप्रतिनिधिको कर्मचारीले गरे सम्मानसहित बिदाई

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका जन प्रतिनिधिको सम्मानसहित बिदाई गरिएको छ । बिहिबार नगरपालिकाका कर्मचारीले पहिलो कार्यकाल पुरा गरेका जनप्रतिनिधिको सम्मान सहित बिदाई गरेका हुन् ।
प्रशासकीय अधिकृत हरि सिंह धामीले पहिलो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरुको बिदाई गरिएको बताए ।

निर्वाचन आयोग परिपत्र अुनसार २०७४ सालमा निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल बिहिबार देखि सकिदैँछ । आयोगले जेठ ५ गतेसम्म निर्वाचनको मत परिणाम निकालि सक्न निर्देशन दिएको छ । नयाँ जनप्रतिनिधि निर्वाचित भए लगतै पुराना प्रतिनिधिको कार्यकाल समाप्त हुन्छ ।

बिदाई समारोहमा बोल्दैँ नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्तमा विकासका जग बसाएर बिदा हुन पाउँदा खुसी लागेको बताए । उनले विगत पाँच वर्षमा नगरपालिकामा विकास र समृद्धीको आधार तयार भएको बताए । ‘हामीले गरेका कामको नतिजा विस्तारै देखिदैँ जानेछ ।’ नगर प्रमुख विष्टले भने ‘जनताको आधारभुत आवश्यकतादेखि दिर्घकालिन विकासका पुर्वाधार निर्माण गरेका छौँ, यसको नतिजा दिर्घकालिन रुपमा देखिन्छ ।’

नगरपालिकाले सबै वडामा कार्यायल भवन निर्माण, प्रत्येक वडामा आधारभुत स्वास्थ्य सेवा सञ्चालन, महाकाली प्राविधिक शिक्षालय सञ्चालन, महाकाली अस्पतालको स्तरोन्नतीमा सहयोग, मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि सह–लगानी साझेदारी, जैविक मार्ग, पर्यटन मार्गसँगै भित्रि र बाह्य चक्रपथ निर्माण लगायतका काम गरेका उनको भनाई छ ।
त्यस्तै नगरपालिकाले आन्तरिक आयमा उलेख्य सुधार, शिक्षा सुधार गुरुयोजना निर्माण, शहरी योजना आयोगमार्फत योजना २५ वर्षे गुरु योजना निर्माण, खानेपानीका आयोजना सञ्चालन लगायतका कामहरु गरेको जनाएको छ ।

नगर प्रमुख विष्टले निर्वाचित कार्यकाल सकिए पनि अगामी दिनमा भीमदत्त समृद्ध बनाउने अभियानमा फरक भुमीकाका साथै जोडिने बताए । ‘मैलैँ विगत देखि नै भन्दैँ आएको कुरा के हो भने हाम्रो साझा उद्देश्य र दायित्व भनेको भीमदत्त समृद्ध बनाउने हो, यस अभियानमा हामि सधैँ सँगै रहने छौ ।’

उनले भने ‘पात्र र जिम्मेवारी फेरिने कुरा हुन सक्छ, तर विकास र समृद्धी हाम्रो उद्देश्यहरु साझा हुनुपर्छ ।’ साथै उनले स्थानीय सरकारको नेतृत्वमा निर्वाचित गराउने नगरवासी, सेवा प्रवाहमा सहयोग गर्ने कार्यालयका कर्मचारी, नागरिक समाज, राजनितिक दललगायतका स्थानीयलाई धन्यवाद समेत ज्ञापन गरे ।

त्यस्तै उप–प्रमुख सुशिला सिंह चन्दले पनि पहिलो कार्यकालमा नगरमा विकासको आधार तयार भएको बताईन् । उनले सामाजिक र आर्थिक रुपान्तरणसहित पालिकाको विकासमा महत्वपुर्ण काम भएको बताईन् । बिदाई कार्यक्रम खुला जिम्मेवारीसहित जनताको सेवामा निरन्तर लागि रहने बताईन् ।

कार्यलय प्रमुख पुस्कर प्रसाद भट्टले पहिलो कार्यकाल जनप्रतिनिधिहरुसँग सौहार्दपूर्ण वातावरणमा काम गर्ने अवसर मिलेको उल्लेख गदैँ अगामी दिनका पनि आवश्यक सहयोग रहिरहने अपेक्षा व्यक्त गरे ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्