नगर प्रमुख विष्टद्धारा पाँच वर्षे उपलब्धी सहित नगरवासिमा धन्यवाद ज्ञापन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले नगरवासिलाई धन्यवाद ज्ञापन गरेका छन् । बिहिबार ज्ञापन पत्रमार्फत विष्टले नगरवासिमा धन्यवाद दिएका हुन् । स्थानीय तहको निर्वाचन २०७४ बाट पहिलो निर्वाचित जनप्रतिनिधिको रुपमा मेयर बनेका विष्टले आफ्नो कार्यकाल सहयोग गर्ने नगरवासि लगायत सरोकारवालालाई धन्यवाद ज्ञापन गरेका छन् । उनले ज्ञापन पत्रमा आफ्नो कार्यकालमा भएको प्रमुख कामहरु समेत उनले उल्लेख गरिएको छ । विष्ट बिहिबार ७० औँ कार्यपालिका बैठकसहित नगरपालिकाबाट बिदा भएको थिए ।
धन्यवाद ज्ञापन पत्रमा भनिएको छ ‘हाम्रो नेतृत्वमा रहेको जनप्रतिनिधिहरुको पहिलो कार्यकालको सफलताको लागि सहयोग पु¥याउनु हुने संघ सरकार, सुदूरपश्चिम प्रदेश सरकार, भीमदत्त नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, सचिवालय टिम, प्रदेशका निकाय, सुरक्षा निकाय, उद्योगी, व्यवसायि,सम्पूर्ण सरोरकारवाला निकाय, विकासका साझेदार, संघ संस्था तथा निकाय, शिक्षक, बुद्धिजीवी, समाजसेवी, संचारकर्मी लगायत नगरका सवै नगरबासी आमा, बुवा, दाजुभाई, दिदीबहिनी सबै प्रति हार्दिक आभार व्यक्त गर्दछु ।’ साथै अगामी दिनमा पनि नगरको समृद्धि र विकासका लागि सदैव क्रियाशिल रहने नगर प्रमुख विष्टले प्रतिवद्धता जाहेर गरेका छन् ।
स्थानीय सरकारको रुपमा पहिलो पटक नेतृत्व गरेका नगर प्रमुख विष्टको कार्यकालमा १० वटा नगर सभा अधिवेशन र ७० वटा नगर कार्यपालिका बैठक सम्पन्न गरि पालिकालाई आवश्यक पर्ने ११० भन्दा बढी कानून निर्माण र कर्मचारी समायोजन गरी नगरपालिकाको प्रणालीगत संरचना विकास गरिएको छ ।
त्यस्तै नगरपालिकाले दिर्घकालीन दृष्टिकोण तय गरि २५ वर्षे गुरुयोजना अनुरुप विकासको आधार तयार गरिएको विष्टले जानकारी गराएका छन् । भौतिक पूर्वाधारको हिसाबले विकट रहेका क्षेत्रमा धार्मिक पर्यटकीय मार्ग, शुक्ला पर्यटन मार्ग, बाहिरी चक्रपथ ट्रयाक निर्माण, कृषि बजार, ठेला बजार, धार्मिक पर्यटन पूर्वाधार विकास, योग (ध्यान केन्द्र) भवन निर्माण थालनी, नगरका १९ वडाहरु मध्ये १४ वडा कार्यालय भवन निर्माण सम्पन्न, ५ वटा भवन निर्माण प्रारम्भ गरी नगरपालिकाको अत्याधुनिक प्रसाशनिक भवन निर्माण थालनी गर्दै लामो समय देखी गौचरणमा परिणत भएको मझगाउ एयरपोर्टलाई नगरपालिकाको लागत साझेदारीमा निर्माण प्रारम्भ गरिएको धन्यवाद ज्ञापन पत्रमा उल्लेख छ ।
यस्तो छ धन्यवाद ज्ञापनपत्र
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात तीन तहको सरकार अन्तर्गत स्थानीय तहको निर्वाचन २०७४ बाट पहिलो निर्वाचित जनप्रतिनिधि भई स्थानीय सरकारको रुपमा पहिलो पटक नेतृत्व गर्दा थुप्रै अवसर र चुनौतीहरु रहेका थिए । निर्वाचन सम्पन भएको समयमा स्थानीय सरकार संचालन ऐन, कानून नभएको परिस्थितिमा पनि आफ्नो जिम्मेवारी बहन गरि कार्य प्रारम्भ गरिएको थियो ।
पहिलो कार्यकालको प्रारम्भमा सिर्जना भएका विभिन्न आरोह अवरोह र कोरोनाका कारण केहि निर्धारित लक्ष्यहरु हासिल गर्न असहज भए पनि बाधा र चुनौतिलाई पन्छाउदै यस अवधिमा १० वटा नगर सभा अधिवेशन र ७० वटा नगर कार्यपालिका बैठक सम्पन्न गर्नुका साथै नगरपालिकालाई आवश्यक पर्ने ११० भन्दा बढी कानून निर्माण र कर्मचारी समायोजन गरी नगरपालिकाको प्रणालीगत संरचना विकास गरिएकोछ । मेलमिलाप केन्द्र स्थापना सहित कानून प्रदत्त अधिकारक्षेत्र भित्र रहि न्यायिक समिति मार्फत न्याय प्रदानको कार्य गरिएकोछ । नगरपालिकाको दिर्घकालीन दृष्टिकोण तय गरि २५ वर्षे गुरुयोजना अनुरुप जनचाहना बमोजिम विकासको आधार तयार गरिएको छ ।
भौतिक पूर्वाधारको हिसाबले विकट रहेका क्षेत्रमा धार्मिक पर्यटकीय मार्ग, शुक्ला पर्यटन मार्ग, बाहिरी चक्रपथ ट्रयाक निर्माण, कृषि बजार, ठेला बजार, धार्मिक पर्यटन पूर्वाधार विकास, योग (ध्यान केन्द्र) भवन निर्माण थालनी, नगरका १९ वडाहरु मध्ये १४ वडा कार्यालय भवन निर्माण सम्पन्न, ५ वटा भवन निर्माण प्रारम्भ गरी नगरपालिकाको अत्याधुनिक प्रसाशनिक भवन निर्माण थालनी गर्दै लामो समय देखी गौचरणमा परिणत भएको मझगाउ एयरपोर्टलाई नगरपालिकाको लागत साझेदारीमा निर्माण प्रारम्भ गरिएको छ । महाकाली नदिको बहुउपयोगका लागि ¥याफ्टिङ्गको सफल परीक्षण सहित, अध्यारोमा रहेको खल्ला—टुडिखेल—मुसेट्टी सडक संजाल, विद्युतीकरण र संचार सेवा प्रदान गरी उज्यालो बस्ती निर्माण गरिएको छ । यस अवधिमा आधुनिक बसपार्क, इको पार्क संरक्षण र आवश्यक निर्माण, मुख्य बजार क्षेत्रमा खानेपानी सप्लाईका पाईपलाइन परिवर्तन गरि ढल सहित सडकको पुर्ननिर्माण कार्यथालनी गरिएको छ ।
युवाहरुलाई सीपमूलक तथा रोजगारमूलक शिक्षा प्रदान गर्न महाकाली बहुप्राविधिक शिक्षालयको स्थापना र संचालन गर्नुका साथै नगरमा रहेका सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार सहित स्तरोन्नती गरि पूर्ण साक्षर घोषणा गरिएको छ । सामुदायिक विद्यालयहरुमा कक्षा १ मा योग पाठ्यक्रम लागू गर्नुका साथै कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गरिएको छ ।
स्वास्थ्य क्षेत्रका हकमा ११ वटा आधारभूत स्वास्थ्य केन्द्र र ३ वटा प्रसुति सेवा केन्द्र निर्माण गरी थप सोवा विस्तार गरिएको छ । नगरको मुख्य शहरमा रहेको महाकाली प्रादेशीक अस्पतालको स्तरोन्नतीका लागि पिसिआर मेसिन, अक्सिजन आपूर्ति लगायतका विविध क्षेत्रमा सहयोग गर्नुका साथै नगरलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।
संसार नै कोरोना संक्रमणले आक्रान्त बनेको बेला भारतसँग खुला सिमाना जोडिएको कारणले नगरबासीको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु पर्ने चुनौतीसँग सामना गर्दै सिमा क्षेत्रमा होल्डिङ सेन्टर निर्माण गर्नेदेखि निःशुल्क क्वारेन्टाइन, पिसीआर परीक्षण र स्वास्थ्य उपचारमा विशेष ध्यान दिई नगरबासीहरुको साथ र सहयोगले रोकथाम तथा उपचारकालागि अत्यावश्यक व्यवस्था गरी ठूलो क्षती हुनबाट रोक्न सफल भएका थियौ ।
साना किसान तथा बेरोजगार नागरिकहरुलाई उद्यमी बनाउन मेयर उद्यमशीलता विकास कार्यक्रम र बिना धितो बिना ब्याज (कर्जामा ब्याज अनुदान) कार्यक्रम, एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत बीउ बीजन, तरकारी, केरा लगायतको पकेट क्षेत्र विकास गरिएको छ ।
नगरको पर्यटन प्रवद्र्धनका लागि वार्षिक रुपमा शुक्लाफाँटा पर्यटन महोत्सव संचालन र बाह्रसिङ्गालाई नगर ब्राण्डका रुपमा घोषणा गर्नुका साथै धार्मिक पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गरिएको छ । भम्केनीधाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति स्थापना, रौटेलामा १९ फिट अग्लो त्रिशुलपार्क, गड्डाचौकी सिमानामा ७७ फिट अग्लो स्तम्भमा झण्डा सहितको पार्क निर्माण गरिएको छ ।
नगरको समृद्धिका लागि आन्तरिक स्रोत वृद्धि गर्दै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाईएको छ । नगरको प्रष्ट योजना निर्माण र कार्यान्वयन गरेकाले नेपाल सरकारवाट भीमदत्त नगरपालिकाले उत्कृष्ट नगरपालिकाको पुरस्कार प्राप्त गरकोछ र स्मार्ट सिटी घोषणा गरिएको थियो तर बजेट कटौतीका कारण कार्यान्वयन भने गर्न सकिएको छैन । यसै गरि फोहरमैला व्यवस्थापन केन्द्र स्थापना गर्ने कार्यमा भ्रम सृजना गरि अवरुद्ध गरिएका कारण सो कार्य गर्न नसकिए कै हो ।
नगरको विकासको लागि नगरपालिकाका १९ वटै वडाको क्षेत्रफललाई समेट्ने गरि भीमदत्त नगर विकास समितिको गठन गराउन सफल भएका छौं । सम्मानित अदालत र संवैधानिक निकायमा मुद्धा विचाराधिन भएकाले नगर विकासको अतिक्रमित क्षेत्र खाली गर्न सकिएन । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी जग्गाधनी पुर्जा नभएका नगरबासीको जमीन दर्ता गरि पुर्जा वितरणको पूर्णतयारी भई कार्य प्रारम्भ गरिएको छ । यसबाट आगामी दिनमा जनताले जग्गाधनी पुर्जा प्राप्त गर्न सहज हुने छ ।
नगरको सम्बन्ध विस्तारका सन्दर्भमा विभिन्न नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरिएको छ । यस अवधिमा सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्त अनुरुप संघ र प्रदेश सरकारसँग सार्थक सुसम्बन्ध कायम गर्नुका साथै टिपिओ र सिटि नेट जस्ता अन्तर्राष्ट्रिय संघ संगठनहरु लगायत विभिन्न निकायहरुसँग सहकार्य र सम्बन्ध विकास गरिएको छ ।
हाम्रो नेतृत्वमा रहेको जनप्रतिनिधिहरुको पहिलो कार्यकालको सफलताको लगि सहयोग पु¥याउनु हुने संघ सरकार, सुदूरपश्चिम प्रदेश सरकार, भीमदत्त नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, सचिवालय टिम, प्रदेशका निकाय, सुरक्षा निकाय, उद्योगी, व्यवसायि,सम्पूर्ण सरोरकारवाला निकाय, विकासका साझेदार, संघ संस्था तथा निकाय, शिक्षक, बुद्धिजीवी, समाजसेवी, संचारकर्मी लगायत नगरका सवै नगरबासी आमा, बुवा, दाजुभाई, दिदीबहिनी सबै प्रति हार्दिक आभार व्यक्त गर्दछु । आगामी दिनमा नगरको समृद्धि र विकासका लागि सदैव क्रियाशिल रहनेछु ।
धन्यवाद ।।।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्