निवर्तमान नगर प्रमुख विष्टद्धारा गाडी र ल्यापटपसहितका सामाग्री नगरपालिकालाई फिर्ता

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले आफुले प्रयोग गर्दै आएका सामाग्रीहरु फिर्ता गरेका छन् ।
निर्वाचित कार्यकाल सकिएसँगै नगर प्रमुख विष्टले गाडीसहितका सामाग्री फिर्ता गरेका हुन् । गत बैशाख २५ देखि नगरपालिकाको गाडी चढ्न छोडेका विष्टले बिहिबार आईपेड, ल्यापट(डेल), ल्यापटप(एप्पल) लगायतका सामाग्री फिर्ता गरेको नगरपालिकाले जनाएको छन् । २०७४ सालको स्थानीय निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित भएका विष्ट बिहिबार ७० औँ कार्यपालिका बैठकसहित बिदा भएका थिए ।
स्थानीय तहको निर्वाचन अन्तर्गत पालिकाको अगामी नेतृत्वका लागि भीदत्तममा मत गणना जारी छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्