निवर्तमान नगर प्रमुख विष्टद्धारा भीमदत्तका कर्मचारीसँग धन्यवाद ज्ञापन कार्यक्रम

भीमदत्त । कञ्चनपुरको भीमदत्त नगरपालिकाका निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्टले पालिकाका कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा उहाँले आफ्नो कार्यकाल सफल पार्न सहयोग गरेकोमा पालिकाका कर्मचारीलाई धन्यवाद दिनुभएको हो ।

‘हाम्रो कार्यकाल सफल बनाउन कर्मचारी साथीहरुको महत्वपुर्ण सहयोग छ ।’ कार्यक्रममा उहाँले भन्नुभयो ‘तपाईहरुले गरेको सहयोगका लागि हामी सधै आभारी रहनेछौ ।’

त्यस्तै उहाँले अब आउने नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पनि आफुहरुलाई जस्तै साथ र सहयोग प्रदान गर्न आग्रह समेत गर्नुभयो । कार्यक्रममा विभिन्न शाखा, वडा लगायतका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्