जिल्लाकै ठुलो वडामा युवा नेता देवकोटाले जाेगाए एमालेकाे बिरासत

कञ्चनपुर : कञ्चनपुर जिल्लाकै सबैभन्दा बढि मतदाता भएको वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन । भीमदत्त नगरपालिका १८ मा एमाले उम्मेदवार रविन्द्र देवकोटा निर्वाचित भएका हुन । शनिबार सम्पन्न मत गणना अनुसार एमालेका देवकोटाले काँग्रेसका शिवलाल पाण्डेलाई १९९मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । देवकोटाले १ हजार ३७५, पाण्डेयले १ हजार १७६मत ल्याएका थिए ।
एमाले बलियाे मानिने यस वडामा  युवा उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएकाे थियाे  । भिमदत्तका अधिकांश वडामा नेपाली कांग्रेस विजयी भईरहेकाे बेलामा युवा नेता देवकोटाले एमालेकाे बिरासत जाेगाएका हुन् ।
माओवादी केन्द्रका बिरेन्द्रराज विष्टले १ हजार १२९ र राप्रपाका शिशिर थापाले एक हजार ३० मत ल्याएका थिए । यस वडामा भारी प्रतिस्पर्धा भएको छ । ०७४मा एमालेले नै उक्त वडा प्यानलै जितेको थियो । अहिले अध्यक्षमा एमाले बाँकी सदस्य काँग्रेसबाट जितेका छन । हेम ब. बस्नेत, पदम चन्द, सितादेवी भण्डारी, रुपा सिलवाल जितेका हुन ।, देवकोटा एमाले युवा नेता सहित सामाजिक संघ संस्थामा अनुभव भएका हुन । उनले वडालाई सुशासनसहितकाे समृद्ध  वडा बनाउने योजना अघि सारेका छन ।
भिनपा-१८ मा २०७४ काे स्थानीय निर्वाचनमा पनि एमालेले जितेकाे थियाे ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्