एमालेलाई हराउन विपक्षी उम्मेदवारलाई सेटिङमा भोट हाल्न लगाईयोः एमाले

महेन्द्रनगर । नेकपा एमालेले पार्टीलाई हराउन विपक्षी दलहरुले भोट सेटिङ गरेको आरोप लगाएको छ । एक्लै नेकपा एमालेलाई हराउन नसक्ने अवस्था देखिएपछि निर्वाचनकै दिन विपक्षी दलका एउटा उम्मेदवारलाई मात्रै सेटिङमा भोट हाल्न लगाईएको एमाले कञ्चनपुरको दावि छ । अन्य राजनीतिक दलले एमालेलाई एक्लै हराउन सक्ने अवस्था नभएपछि आफ्नो पार्टीका उम्मेदवारलाई मतदान नगरि विपक्षी पार्टीका प्रतिपस्र्धी उम्मेदवार भोट हाल्न लगाईएको एमालेको आरोप छ ।
आईतबार एमाले कञ्चनपुरले प्रेस विज्ञप्ती मार्फत निर्वाचनमा सहभागी मतदाताहरुलाई धन्यवाद दिदैँ स्थानीय तह निर्वाचन समयमै गराउन सत्ताधारी गठबन्धनले नचाहेको र एमालेको दबावपछि निवार्नचन सम्पन्न भएको उल्लेख छ ।
पार्टी अध्यक्ष सुरेन्द्र विष्टद्धारा जारी विज्ञप्तीमा एमालेले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधली रहित होस् भन्ने चाहेको उल्लेख गदैँ भनिएको छ ।

‘भयरहित वातावरणमा स्वच्छ निर्वाचनका लागि हाम्रो पार्टीका नेता कार्यकर्ता, पार्टी सदस्य र समर्थक, शुभ चिन्तकहरुबाट अधिकतम सकारात्मक भूमिका निर्वाह भयो तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरुद्ध उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथाल्ने र अनुचित ढंगले मतदातालाई प्रलोभनमा पान गर्नु पर्ने अवस्था समेत सिर्जना ग¥यो ।’ सत्ताधारी कै बदनियतका कारण पुनर्वास नगरपालिका– १० मा पुनः मतदान गर्नुपर्ने अवस्था आएको एमालेको आरोप छ ।

अलोकतान्त्रिक र प्रतिगामी अभ्यासमा लिप्त रहने पाँच दलीय सत्ता गठबन्धन गैर राजनितिक चरित्र हुदाँ गृह प्रशासन अस्वाभाविक रूपमा असन्तुलित देखियो एमालेको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै निर्वाचनमा सत्ता गठबन्धनको टे«ड युनियनसँग आवद्ध कर्मचारीहरूको सेटिङमा निर्वाचनमा कर्मचारी खटाउने र मतदाता प्रभावित पार्ने सम्मका गतिविधि भए समेत एमालेको दावि छ ।

‘केही स्थानमा सत्ता गठबन्धन दलहरूले एक्लै उम्मेदवार खडा गरेको भए पनि नेकपा(एमाले)सँग एक्लै लड्न सक्ने अवस्था नभएपछि नेकपा(एमाले)का उम्मेदवार हराउन मित्रवत प्रतिस्पर्धाको नाममा निर्वाचनकै दिनमा सेटिङ गरी एउटा पार्टीको उम्मेदवारलाई मात्रै भोट हाल्न लगाउने सम्मका गतिविधिहरू समेत भए ।’ एमालेको प्रेस विज्ञप्तीमा अगाडी भनिएको छ । ‘निर्वाचनका दिन केही पालिकाका प्रमुख, उपप्रमुखका उम्मेदवारहरूलाई मतदान केन्द्र निरीक्षण\अनुगमन गर्ने कार्यमा समेत बाधा पु¥याइयो । स्वतन्त्र निर्वाचन विरुद्ध भएका यस्ता घटनाको विरोध गर्दै सरकारको पूर्वाग्रही र पक्षपाती व्यवहार प्रति खेद प्रकट गर्दछौँ ।’

साथै यस निर्वाचनमा पार्टीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नेलाई धन्यवाद दिदैँ एमालेले दोस्रो कार्यकालका लागि जिल्लाका नौ वटै स्थानीय तहहरुमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाईसहित शुभकामना दिएको छ ।

यस्तो छ प्रेस विज्ञप्ती

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्