भीमदत्त-१८ मा मजदुरलाई परिचयपत्र वितरण गर्ने निर्णय, टोल विकास समिति पनि सक्रिय पारिने

महेन्द्रनगर – भीमदत्त नगरपालिकाको वडा नं. १८ले मजदुरहरुलाई परिचयपत्र वितरण गरिने भएको छ । हालै निर्वाचित भएका वडाध्यक्ष रविन्द्रप्रसाद देवकोटाले उक्त कार्यक्रम अघि सारेका हुन् । मंगलबार बसेकाे वडाको पहिलो बैठकले विपन्न मजदुरलाई परिचयपत्र वितरण गर्ने निर्णय गरेकाे हाे।

विपदका बेला राहात वितरणदेखि अन्य सेवा प्रदानमा सहजताका लागि मजदुरहरुलाई परिचयपत्र वितरण गरिन लागेको उनले बताए ।

‘कोरोना संक्रमणका बेला धनीले पनि राहात बुझे तर वास्तविक गरिब मजदुर भोकै बसे, अहिले पनि विपन्न र मजदुर लक्षित कार्यक्रम हुनेखानेले नै पाउछन्,’ उनले भने, ‘राहातदेखि लक्षित कार्यक्रम लक्षित समुदायमा पुगोस भनेर परिचय पत्र वितरणको कार्यक्रम ल्याइएको हो ।’ परिचयपत्र पाएका मजदुरलाई राेजगारीका अवसरमा प्राथमिकता दिईनेछ। वडाध्यक्ष देवकोटाले चुनावी अभियानका क्रममा मजदुरलाई परिचयपत्र वितरण गर्ने घाेषणा गरेका थिए।

यसैगरि वडामा रहेका टोल विकास संस्थाहरुलाई पनि सक्रिय पार्ने काम अघि बढेको अध्यक्ष देवकोटाले बताए । उनले टोल विकास समितिको अद्यावधिक गर्न समेत सुचना प्रकाशित भइसकेको बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्