बालिका बलात्कार काण्ड: न्याय र क्षतिपूर्तिको माग राख्दैँ पिडित पक्षद्भारा भीमदत्त नगरपालिकामा धर्ना

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकामाथि भएको यौनजन्य हिन्सा(बलात्कार)को शिकारमा परेकी बालिकाको न्याय र क्षतिपूर्तिको माग अघि सारेर पीडित पक्षले नगरपालिकामा धर्ना दिएका छन ।
बुधबार दिउँसोदेखि पीडित बालिका आफन्तले भीमदत्त नगरपालिका धर्ना दिएका छन । घटना भएको दुई दिन वितिसक्दा पनि उपचार, न्याय र क्षतिपूर्तिको विषयमा कुनैपनि निकायबाट पहल नभएको भन्दै धर्ना दिन बाध्य भएको बताएका छन ।
पीडित बालिकाकी आफन्त ईन्द्रावती रानाले बलात्कार गर्नेदेखि बालिकाको हत्या प्रयास हुँदा समेत सरकारी निकायबाट घटनाको गम्भीरता नदेखिएको बताईन ।
‘एउटा अबोध बालिकामाथि बलात्कार भएको छ, ‘उनले भनिन, ‘बलात्कारी मरेर गएपनि उनका घर र आफन्त छन, के यि बालिकाले न्याय नपाउने ?’ उनले बालिकाको उचित लालनपालन, अध्ययनका लागि व्यवस्था मिलाईदिनुपर्ने बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्