माेडेल बर्माको नयाँ म्युजिक भिडियो ‘मेरी राईझुमा’ सार्वजनिक

महेन्द्रनगर । टिकटक स्टार तथा मोडेल अंश वर्माको ‘मेरी राईझुमा’ सार्वजनिक भएको छ । आइतबार अंश वर्माको अफिसियल युटुव च्यानल बाट सार्वजनिक भएको ‘मेरी राईझुमा’ को भिडियोमा अशं वर्मा,सुस्मिता पन्त लगाएतले अभिनय गरेका छन् ।
सुदूरपश्चिमको लोक भाकालाई झल्काएको ‘मेरी राईझुमा’ गीतमा गायक सुमन ताम्राकार र गायिका निरुता खत्रीको स्वर रहेको छ ।
जि.वि. आग्रीले निर्देशन गरेको उक्त गीतको भीडियो कैलालीको धनगढी स्थित शिवपुरी धाममा छायाङकन गरिएको छ ।
निरन्तर समाजसेवामा सक्रिय समेत रहदैँ आएका वर्माले सुदूरपश्चिमको कला संस्कृति जगेर्ना गर्न म्युजिक भिडियो निर्माण गरेको बताए ।
‘यहाँका कला संस्कृति बचाउन यो क्षेत्रमा पनि काम गरिरहेका छौ ।’ उनले भने । यसअघि सार्वजनिक भएको वर्माको ‘सकेको गुन तिरौला’ म्युजिक भिडियोले दर्शकबाट राम्रो माया पाएको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्