बुष्टर डोजपछि महिलाको मृत्युः न्याय र क्षतिपुर्तीको मागसहित स्थानीय आन्दोलित

पिडित पक्षद्धारा नाराबाजीसहित नगरपालिकामा प्रदर्शन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा कोरोनाको खोप लगाइएकी एक महिलाको मृत्यु भएको पछि तनाव उत्पन्न भएको छ । कोरोना महामारी विरुद्धको बुष्टर डोज लगाएपछि बिरामी परेकी भीमदत्त नगरपालिका १९ बागफाँटाकी २० बर्षिया महिला गंगा रानाको बिहिबार मृत्यु भएको थियो । कोरोनाको तेस्रो डोजका कारण रानाको मृत्यु भएको आशंका गरिएको छ । गत मंगलबार दिउँसो बागफाँटा स्वास्थ्य चौकीमा कोरोनाको ‘बुष्टर’ खोप लगाएकी राना ज्वरो आएर थला परेकी थिईन् ।

पिडित पक्षले सरकारले दिएको खोपका कारण मृत्यु भएको दावि गर्दै न्यायका लागि जिम्मेवार पक्ष उदासिन नदेखिएको भन्दैँ आन्दोलन समेत सुरु गरेका छन् । पीडित पक्षले म्याद सकिएको बुष्टर डोज लगाएको आरोपसहित स्वास्थ्यकर्मीमाथि कारर्वाही, क्षतिपूर्ति र मृतकको नाबालक छोराको भविष्यको सुरक्षा गर्नुपर्ने लगायतका माग अघि सारेको छ ।

स्वास्थ्यकर्मीको लार्पबाही गरेको भन्दैँ आधारभुत स्वास्थ्य केन्द्रमा शुक्रबार बिहान तालाबन्दी गरेका स्थानीयले दिउँसो नगरपालिकामा प्रदर्शन गरेका हुन् । मृतकका आफन्त चरन रानाले घटनाको सत्यतथ्य छानबिन गरेर दोसि उपर कारर्वाहीसहित पिडितलाई क्षतीपुर्ती दिनु पर्ने बताए । ‘खोप लगाएपछि बिरामी भएर उहाँ (गंगा)को मृत्यु भएको छ, सरकारले दिएको खोप लगाएर मृत्यु भएकाले त्यसको जिम्मेवारी नगरपालिकाले लिनुपर्छ ।’ उनले भने ‘राज्यले यस घटनाको जिम्मेवारी लिनुपर्छ, न्यायका लागि दवाब दिन हामीले आन्दोलन सुरु गरेका हौँ ।’

त्यस्तै केही स्थानीय कांग्रेसका नेताहरुले आफ्नो पार्टीलाई भोट नदिएकाले नगरपालिकाबाट न्याय दिन नसकिने अभिव्यक्ति समेत दिएको पिडित पक्षको आरोप छ । उक्त अभिव्यक्तिपछि पिडित पक्ष थप आन्दोलित बनेको छ । मृतक गंगाका जेठाजु दशरथ रानाले केही कांग्रेसका नेताहरुले नगरपालिकासँग न्यायका लागि पहल गरि दिन माग गर्दा कांग्रेसलाई भोट नदिएको भन्दँै न्याय दिन नसकिने अभिव्यक्ति दिएपछि आफुहरु थप आन्दोलित भएको बताए । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस त्यस वडामा माओवादी केन्द्रसँग पराजित भएको थियो ।

नगर कार्यपालिका सदस्य तथा स्थानीय कांग्रेस नेताले यस्तो अभिव्यक्ति दिएको उनको आरोप छ । बुष्टर डोज लगाएको दुई दिनपछि मृत्यृ भएकी रानाको आफन्तले खोपकै कारण मृत्य भएको दावि गर्दै आएका छन् । स्थानीय अगुवा साहेब रानाले भीनपा २ मा बालिका बलात्कारको प्रयास हुदाँ तत्काल पाँच लाख दिने घोषण गरे भीमदत्तका मेयर पदम बोगटी यस घटनामा उदासिन बन्दा स्थानीयमा आशंका पैदा भएको बताए । उनले जनप्रतिनिधि सबैका साझा भएकोले पालिकाबाट हुने न्याय सम्पादन सबैका लागि बराबर हुनुपर्ने बताए । घटनाको सत्यतथ्य छानविन गरि पिडित पक्षलाई क्षतीपुर्ती र दोसिलाई कारवाही गरिनुपर्ने उनको माग छ ।

भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जग्गु चौधरीले घटनाको सत्यतथ्य छानबिनका लागि नगरपालिकासँग माग गरेको बताए । उनले खोप लगाएपछि रानाको मृत्यु भएकाले त्यसका जिम्मेवारी राज्यले लिनुपर्ने र आफुले न्यायका लागि वडाबाट सक्दो पहल गर्ने समेत बताए ।


नगरपालिकाका एक स्वास्थ्यकर्मीले खोप लगाएको दुई दिन पछि मृत्यु भएकाले खोपकै कारण मात्र मृत्यु भएको भन्न नमिल्ने बताए । उनले घटनाबारे डाक्टरको टोलिबाट छानबिन भईरहेकाले सत्यतथ्य चाँडै पत्ता लाग्ने बताए । हाल शवलाई पोष्टमार्टमको लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्