शिक्षक सेवा आयोग खारेज गरि कार्य सम्पादनका आधारमा करार शिक्षक नियुक्त गरौँः सांसद धामी

महेन्द्रनगर । कञ्चनपुरको क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य नर बहादुर धामीले शिक्षक सेवा आयोग तत्काल खारेज गर्न माग गरेका छन् । उनले शिक्षा क्षेत्रको अवस्थामा सुधार ल्याउन नसकेको भन्दैँ आयोगलाई खारेज गर्न माग गरेका हुन । बिहिबार प्रतिनिधि सभा बोल्दैँ सांसद धामीले सामुदायिक विद्यालयको शिक्षा सुधार र गुणस्तरिय बनाउन करार सेवामा विषयगत शिक्षक नियुक्त गर्नु पर्ने माग अघि सारेका हुन् ।

‘यस बजेटले शिक्षा क्षेत्र सुधार र प्रयाप्त शिक्षकको आवश्यकतालाई पुरा गर्ने देखिदैँन् ।’ सासंद धामीले भने ‘प्राईभेट भन्दा उच्च स्तरिय शिक्षा दिन शिक्षक सेवा आयोग तत्काल खारेज गर्ने, प्रत्येक विद्यायलमा विषयगत गरि करार नियुक्त गरि कार्य सम्पादनको आधारमा त्यसलाई वर्षेनी थप्दैँ जाने व्यवस्था गरौँ ।’ शिक्षकले कार्यसम्मादन र गुणस्तरको आधारमा सेवा करार हुने व्यवस्था गरे शिक्षा सुधार हुने उनका भनाई छ ।

साथै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका नाममा कमिसन खाने काम भईरहेको समेत उनको आरोप छ । अगामी आर्थिक वर्षको बजेटमा नेपाली सेनाको अपमानीत हुने गरि ल्याईएको र देश सुरक्षालाई ध्यान नदिएको समेत उनले बताए । ‘लिपुलेक, कालापानी हाम्रो हो भन्ने कुरा यो सरकारले बोल्दैँन् जंङ्गे पिलर हराएका छन् त्यसको सुरक्षा कसले गर्ने ?’ उनले प्रश्न गरे ‘ सिमा मचिएको विषय सरकार किन बोल्दैँन ?’

साथै अर्थ मन्त्रालय कमिसन केन्द्रीत भएको समेत उनको आरोप छ । खानेपानी आयोजना पुरा गर्न नभएर जनतालाई ढाट्नका लागि ल्याएको भन्दैँ उनले अगामी सरकारले अघि सारेका १४ सय रणनिति सडक आयोजना कटौती गरि जनताको सपनाको हत्या गरेको दावि गरे ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्