बाढी पिडितले राहात नपाएकोबारे सांसद भट्टले गराए संसदमा प्रधानमन्त्री ध्यानार्कषण

महेन्द्रनगर । कञ्चनपुरमा महाकाली बाढी पिडितले राहात नपाएकोबारे सांसद डा. दिपक प्रशास भट्टले प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानार्कषण गराएका छन् ।
बिहिबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दैँ सांसद भट्टले गत अशोज मसान्त र कार्तिक १ मा आएको बेमौसमी बाढी पिडितले राहत नपाएको बारे सासंदमा जानकारी गराएका हुन् ।
बाढीले दोधार चाँदनी नगरपालिकाको वडा नम्बर ७, ८, ९ र १० र भीमदत्त नगरपालिकाको वडा नम्बर ११, १२ र १३ मा बाढीले डुवानसहित ठुलो क्षती पु¥याएको थियो । बाढीले क्षती पु-याएपछि प्रधानमन्त्री देउवाले स्थलगत भ्रमण गरेका थिए । ‘प्रधानमन्त्री ज्युले त्यहाँको भ्रमण गर्दा समस्यामा परेका आम नागरिकलाई बोल्न त दिनु भएन, चुप लाग्नुस भन्नु भो सदनमा सांसद भट्टले भने ‘तर आज जनता सोधि रहेका छन् कसैले पनि एक दाना, एक पैसा राहत पाएका छैनन्, प्रधानमन्त्री ज्यु के हेरे बस्नु भएको छ, फेरी वर्खा सुरु भईसक्यो ?’
प्रधानमन्त्री देउवाले स्थलगत निरिक्षण गरि तत्काल राहत उपलब्ध गराउने प्रतिवद्धता जनाए पनि बाढी पिडितले हालसम्म सरकारबाट राहत पाउन सकेका छैनन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्