परिमार्जित स्वास्थ्य व्यवस्थापन सुचना प्रणलीबारे प्रशिक्षक प्रशिक्षण तालिम

एचएमआईएसमा १५ फारम थपिए

महेन्द्रनगर । सुदूरपश्चिममा परिमार्जित स्वास्थ्य व्यवस्थापन सुचना प्रणली(एचएमआईएस) बारे प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । स्वास्थ्य क्षेत्रका सुचना अभिलेखन तथा व्यवस्थापन गर्ने प्रणाली एचएमआईएसको परिमार्जित फारमबारे तालिम दिईएको हो ।


स्वास्थ्य विभागको आयोजना तथा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको सहजिरकणमा भएको तालिम आईतबार सम्पन्न भएको छ । सुदूरपश्चिमका नौ वटै जिल्ला स्वास्थ्य कार्यालय लगायतका स्वास्थ्य संघ संस्थासँग सम्बन्धित कर्मचारी तथा तथ्याङ्ककर्मीहरुलाई पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम दिईएको हो ।


स्वास्थ्य व्यवस्थापन सुचना प्रणालीमा १५ वटा अभिलेखन तथा व्यवस्थापन फारम (एमएमआईएस टुल्स) थपिएकाले थपीएका र परिमार्जित टुलस्बारे स्वास्थ्यकर्मीहरुलाई तालिम दिईएको स्वास्थ्य सेवा विभाग, एकिकृत स्वास्थ्य सु्चना व्यवस्थापन शाखाका तथ्याङ्क अधिकृत दिवारक सापकोटाले बताए । उनका अनुसार सिस्टम परिमार्जित भएपछि त्यसको अपरेटिङबारे जिल्ला तहमा प्रशिक्षक उत्पादन गर्ने गरि तालिम आयोजना गरिएको हो ।

‘हाम्रो सिस्टममा अहिले १५ वटा एमएमआईएस टुल्स थपिएका छन् ।,’ तथ्याङ्क अधिकृत सापकोटाले भने ‘ परिमार्जित टुलस्बारे जानकारी दिने तालिम आयोजना गरेका छौँ, उहाँ(प्रशिक्षक) हरुले पालिकास्तरसम्मका स्वास्थ्य संस्थाका कर्मचारीलाई अब तालिम दिनुहुन्छ ।’ २०५० साल देखि सुरु भएको यो प्रणाली समयनुकुल परिमार्जित हुदैँ आएको छ । ५८ वटा टुलस् रहेको एचएमआईएसमा थप १५ टुलस् थपिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

सोहीबारे सबै प्रदेशमा विभाग तालिम आयोजना गरिरहेको छ । तालिममा सापकोटासँगै तथ्याङ्क अधिकृत मोहन देव भट्ट र धर्मानन्द गिरी लगायतका प्रशिक्षकहरुले तालिम दिएका थिए । स्वास्थ्य क्षेत्रमा विभिन्न सुचक मापनका लागि एमएमआईएस परिमार्जित हुदैँ आएको छ । एमएमआईएसबाट एकिकृत स्वास्थ्य सुचनाको व्यवस्थापन हुनुका साथै नीति निर्माणका लागि उपयोगी हुने विभागले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्