हचुवाका भरमा भीमदत्तको स्वेत पत्र

योजना र शिर्षकगत तथ्याङ्क बिना नै स्वेत पत्र जारी
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्वेत पत्र जारी गरेको छ । गत जेठमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पालिकाको नयाँ नेतृत्वले आईतबार स्वेत पत्र जारी गरेको हो । तथ्याङक बिना नै नगरपालिकाले स्वेत पत्र जारी गर्दा हचुवाको भरमा निकालेको आरोप लागेको छ । नगरपालिकाद्धारा जारी स्वेत पत्रमा स्थानीय सरकार आर्थिक दायित्वबारे जोड दिईएको छ । अघिल्लो स्थानीय सरकारको पालामा ३८ करोड ६८ लाख ४१ हजार दायित्व सिर्जना भएको नगरपालिकाले दावि गरेको छ । तर उक्त दायित्व कुन–कुन योजना\शिर्षकबाट कति दायित्व सिर्जनाको भएको भन्ने तथ्याङ्क प्रस्तुत गरिएको छैन् ।
नगरपालिकाले निर्माणधिन मुख्य प्रशासनिक भवनको योजनाको छ करोड ७५ लाख(सम्पुरक) बाहेक अन्य रकम दायित्वमा राखेको छ । नगरपालिकाले संघिय सरकारसँगको ५० प्रतिशत लागत साझेदारीमा करिब १६ करोडमा ठेक्का सम्झौता गरि काम अघि बढाएको छ ।
यस योजना बाहेक अन्य कुुन–कुन योजनामा कति\कति दायित्व सिर्जना भएको त्यसबारे स्वेत पत्रमा उल्लेख छैन् । पत्रकार सम्भेलनमार्फत सार्वजनिक गरिएको स्वेत पत्रबारे उठेका प्रश्नमा पनि नगरपालिकाले स्पष्ट जवाफ दिन सकेन् ।
नगरपालिकाले बजेटको श्रोत सुनिश्तिता नभई आयोजनाको ठेक्का लगाईएको, पटक– पटक ठुलो आकारमा रकमान्तर गरिएको, श्रोतले धान्न नसक्ने योजनाको डिपीआर निर्माण गर्दा दायित्व सिर्जनाको आरोप लगाईएको छ । तर यसबारे पनि स्वेतमा तथ्याङ्क भने उल्लेख छैन् ।
नगर प्रवत्ता महेन्द्र खड्काले लेखा शाखाबाट आएको दायित्वलाई स्वेत पत्रमा उल्लेख गरेको बताए । उनले नगरपालिकासँग योजनागत दायित्व पनि भएको तर स्वेत पत्रमा उल्लेख नगरेको दावि गरे ।
‘नयाँ सरकार बनेकाले सबै कुरा अहिले नै थाहा पनि भएन्, विस्तारै योजनाको बारेमा बुझ्दै छौँ ।’ प्रवत्ता खड्काले भने ‘हामीले सरकारको नेतृत्व लिदाँको अवस्थाबारे जानकारी दिन स्वेत पत्र जारी गरेको हौँ ।’ अघिल्लो सरकारले पालिकाले धान्न नसकिने दायित्व सिर्जना हुने गरि काम गरेको पाईएको उनले बताए ।
त्यस्तै नगर प्रमुख पदम बोगटीले स्थानीय श्रोत साधन परिचालन, संघ र प्रदेश सरकारसँगको सहकार्यमा दायित्व भुक्तानीसँगै विकास निर्माणका कामहरु अघि बढाईने बताए । साथै उनले असार ७ गते नगर सभाबाट अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिने जानकारी पनि दिए ।
त्यस्तै स्वेत पत्रमा नगरपालिकाले दायित्व तिर्न संघ र प्रदेश सरकारसँग बजेट माग गर्ने, भ्रष्टाचार शुन्यमा झार्ने, कर्मचारी आवश्यकता अनुसार हेरफेर गर्ने र सेवा प्रवाह व्यवस्थीत बनाउने योजना अघि सारेको छ ।
त्यस्तै भीमदत्त नगरपालिका निर्वतमान प्रवत्ता हिमाल बहादुर चन्दले भने राजनीतिक पुर्वग्रहसहित हुचवाका भरमा स्वेत पत्र जारी गरेको आरोप लगाए । उनले अघिल्लो सरकारले दिर्घकालिन विकासका योजनासहित काम गरेको बताए । ‘नगरपालिकामा आएका नयाँ साथिहरुले स्थानीय सरकारलाई पाईभेट कम्पनी जस्तै सोचे, नाफा घाटाको कुरा गर्न थाले ।’ निर्वतमान नगर प्रवत्ता चन्दले भने दिर्घकालिन महत्वका योजना अघि सार्दा क्रमागत विकाससँगै भुक्तानी पनि हुदैँ जान्छ, त्यसका लागि आय श्रोत महत्वपुर्ण हो ।’ उनले अगाडी थपे ‘हामी आउँदा करिब चार करोड रहेको आन्तरिक श्रोतलाई वृद्धी गरेर २३ करोड पु¥याएका छौँ, आय श्रोतलाई जगेडा राख्ने होईन् काम गर्दै जाने र आय सकंलन गरि दायित्व पनि तिर्दै जाने हो ।’
अघिल्लो सरकारले सार्वजनिक खरिद निमावली अनुसार काम गरेको उनको दावि छ । ‘काम गर्दै जाँदा त्यसले दायित्व सिर्जना पनि हुन्छ ।’ उनले भने ‘हामीले कति काम गरेका रहेछौँ भन्ने कुरा पनि यसले पुष्टी गर्छ, विगतमा पनि हामिले दायित्व तिदैँ विकास निर्माण कार्यलाईसँगसँगै अघि बढाएको हौँ ।’
अघिल्लो सरकारले संघ र प्रदेश सरकारसँग सहकार्य गदैँ काम गरेको र आन्तरिक श्रोतलाई पुर्ण रुपमा परिचालन गरि आयमा वृद्धी गरेको उनको दावि छ ।
अघिल्लो सरकारले मझगाउँ विमानस्थल पुनः सञ्चालन, महाकाली अस्पताललाई आर्थिक सहयोग, वडा कार्यालय, सडक लगायतका पुर्वाधार निर्माणमा ठुलो रकम खर्च गरेको उनले बताए । स्वेत पत्रका नाममा नगरपालिकाको दायित्व देखाएर वर्तमान स्थानीय सरकारले विकासबाट पन्छिन खोजेको समेत उनको आरोप छ ।
‘चाँडै चुनाव आउँदै छ, राजनीतिक पुर्वाग्रहले दायित्व देखाएर कामबाट उहाँहरु पन्छिन खोजेको स्पष्ट देखिन्छ ।’ उनले भने महाकालीको बक्यौता रोयल्टी लगायत सबै श्रोत साधनको समुचित प्रयोग गरि काम गरे दायित्वले समस्या हुदैँन्, होईन भने हामी काम गर्न सक्दैनौँ भन्नु प¥यो ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्