सुदूरपश्चिममा राष्ट्रिय चिकित्सा विश्वविद्यालय स्थापनार्थ सांसद भट्टले बढाएर सक्रियता, सरोकारवालासँग थाले छलफल

महेन्द्रनगर । सुदूरपश्चिममा देशकै पहिलो राष्ट्रिय चिकित्सा विश्वविद्यालय स्थापनाका लागि कञ्चनपुरको प्रतिनिधि सभा सदस्य डा. दिपकप्रकास भट्टले सक्रियता बढाएका छन् । संघिय संसदमा कैलालीको गेडा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयको रुपमा अघि बढाउनु पर्ने माग राख्दैँ आएका सांसद भट्टले स्थानीयस्तरबाट पनि छलफल सुरु गरेका हुन् । उनले चिकित्सा विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिलाई एक्यवद्धतासहित सदन र सडकबाट सरकारलाई दबाव दिने गरि छलफल सुरु गरेका हुन् ।

उनले सोमबार संघिय संदनमा डोटेली भाषामा नै सुदूरपश्चिममा देशकै पहिलो मेडिकल विश्वविद्यालय स्थापनाको माग गरेका थिए । भने केही दिन अघि उनकै नेतृत्वमा सुदूरपश्चिमका संघिय सांसदहरुले प्रधानमन्त्री शेर बहादुर देउवालाई चिकित्सा विश्वविद्यालय स्थापनाका लागि ज्ञापनपत्र पनि बुझाएका थिए ।

मंगलबार सांसद भट्टले गैर सरकारी संस्था महासंघको सहजीकरणमा कञ्चनपुरस्थित नागरिक समाजसँग यसबारेमा छलफल गरेका छन् । उनले चिकित्सा विश्वविद्यालयको आवश्यकता र औचित्यसहित सरोकारवालासँग छलफल गरिरहेका छन् । नागरिक समाजका प्रतिनिधिहरुसँगको छलफल कार्यक्रममा सांसद भट्टले सुदूरपश्चिममा चिकित्सा विश्वविद्यालयका लागि चौतर्फी रुपमा आवाज उठ्नु पर्ने बताए ।

‘देशमा एमबिबिएस र एमडी, एमएस कोर्ष पठाउने संस्थाहरु करिब ४९ वटा छन्, ती सबै सुदूरपश्चिम बाहिर छन् ।’ सांसद भट्टले भने ‘गेटा मेडिकल कलेजका लागि भौतिक संरचना निर्माण भईसकेको छ, त्यसै संरचनामा चिकित्सा विश्वविद्यालय स्थापना गरेर अघि बढ्न पर्छ ।’

गेटालाई प्रतिठानको रुपमा अघि बढाउने कुरा पनि उठिरहेको बताउँदै सांसद भट्टले भने प्रतिष्ठान पुरानो पद्धती भयो, त्यसको सिमिति दायर हुन्छ, त्यसैले सुदूरपश्चिममा देशकै पहिलो चिकित्सा विश्वविद्यालय स्थापना हुनुपर्छ ।’ प्रतिष्ठानले आफुले मात्रै मेडिकल शिक्षा दिने भएकाले देश र देश बाहिर पनि सहकार्य गरेका बहु आयामसहित विश्वविद्यालयलाई स्थापना गर्नु पर्ने उनको माग छ ।

साथै प्रतिष्ठानमका लागि पनि संसदमा विधेयक ल्याएर कानुन निर्माण गर्नु पर्ने भएकाले सोही पक्रियामा विश्वविद्यालय स्थापना गर्ने निणर्य गरेका कानुन निर्माणतर्फ जानुपर्ने उनले सुझाए । त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरा अस्पतालको सेवा विस्तार गरि ट्रमा सेन्टर सञ्चालनमा ल्याएनु पर्ने उनको भनाई छ ।
मंगलबार नै सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापकसँग पनि चिकित्सा विश्वविद्यालय स्थापनाका लागि छलफल गरेका सांसद भट्टले सबैतिरबाट सहयोगको अपेक्षा पनि गरेको छन् ।

नागरिक समाजले चिकित्सा विश्वविद्यालय स्थापनार्थ सहयोग र सरकारलाई दबाव दिन आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । विश्वविद्यालय स्थापनाका लागि सरकारलाई दबाव दिन सर्व पक्षीय र सरोकारवाला सबै निकायसँग छलफल गरिने उनले बताए ।
‘यस विषयमा प्रधानमन्त्री ज्यु साकारात्मक हुनुहुन्छ, उहाँलाई सुदूरपश्चिमेली जनतालाई उपहार स्वरुप भएपनि चिकित्सा विश्वविद्यालय स्थापना गर्नुुस् भनेका छौँ ।’ उनले भने ‘तर यो सहजै हुने देखिदैँन्, सरकारलाई चौतर्फी दबाव दिने र चिकित्सा विश्वविद्यालयको औचित्य महशुस गराउनु पर्दछ ।’

त्यस्तै संसदको शिक्षा समितिलाई पनि चिकित्सा विश्वविद्यालय स्थापनाका लागि छलफल चलाउन आग्रह गरिएको समेत उनले बताए । विश्वविद्यालय स्थापनार्थ सदन र स्थानीयस्तरबाट छलफलसँगै दबावमुलक कार्यक्रम अघि बढाईने उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्

eskişehir eskort - eskort adana - mersin escort